सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा रामकृष्णलीला ज्ञान महोत्सव हुने

२०७६ असोज २५, १०:३९ खबर संवाददाता

कैलालीको धनगढीमा श्री रामकृष्णलीला ज्ञान महोत्सव हुने भएको छ। मानस सांस्कृतिक समाजको आयोजनामा आईतबार देखि सो महोत्सव हुन लागेको हो।

धनगढीको खुल्ला मञ्चमा  आईतबार देखि शुरु हुने महोत्सव कार्तिक ८ गतेसम्म सञ्चालन हुने शनिबार पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ। समाजका अध्यक्ष आदित्य जोशीले आईतबार बिहान मोहना नदीदेखि खुल्ला मञ्चसम्म कलशयात्रा गरि महोत्सवको शुभारम्भ गरिने बताए। समयको आवश्यकतासंगै लोप हुँदै गएको धर्म, संस्कृति बचाउने उद्देश्यले महोत्सवको आयोजना गरिएको उनले बताए।

उनले महोत्सवको अवधिभर नौ दिन राम लिला र चार दिन कृष्ण लिलाको नाटकबाट प्रस्तुत गरिने बताए। महोत्सव बेलुकी साढे छ बजेबाट ११ बजेसम्म सञ्चालन गरिने छ। महोत्सव अवधिभर सुदूरपश्चिम प्रदेशका विभिन्न सांस्कृतिक नाच, गाना प्रस्तुतिसंगै नाटक पनि प्रदर्शन गरिने छ। नाटकका पात्रहरु स्थानीयनै रहने तथा रामायण र कृष्णको नाटकलाई नेपाली भाषामा प्रस्तुत गरिने आयोजकले जनाएको छ। यस धार्मिक महोत्सवमा २० लाख खर्च हुने अनुमान गरिएको छ। महोत्सवमा प्रवेश निःशूल्क रहेको आयोजकले जनाएको छ। मेला आयोजनाका लागि उप–महानगरपालिकाले आर्थिक सहयोग गर्ने छ। 

 

 

कमेन्ट लोड गर्नुस