सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुर्मा साईपालको दशाैँ बार्षिक साधारण सभा सम्पन्न

२०७६ असोज २५, ०७:१४ कमल सावद

सुर्मा साईपाल बचत तथा ऋण सहकारी धनगढीको दशौँ बार्षिक साधारण सभा धनगढीमा सम्पन्न भएको छ। एक सय एक सेयर सदस्यबाट सुरु भएको सहकारी २०६६ सालमा स्थापना भएको थियो। हाल सात सय ६४ जना सेयर सदस्य रहेको र २ करोड भन्दा बढी सेयर पुजी रहेको सहकारीले जनाएको छ। धनगढी उप–महानगरपालीका क्षेत्रमा रहेका बिपन्न बर्ग, न्युन आय भएका ब्यक्तिलाई लक्षित गरि सुुर्मा साईपाल बचत तथा ऋण सहकारी सँस्था स्थापना भएको सँस्थाका अध्यक्ष तुलाराम गिरीले बताए। सामाजिक, आर्थिक र साँस्कृतीक विकासमा टेवा पुु¥याउने अपेक्षा र चाहना रहेको उनले बताए।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस