सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको बोराडाँडीमा रामलिला महोत्सव सुरु

२०७६ असोज २५, ०४:४२ खबर संवाददाता

धनगढीको बोराडाँडीमा रामलिला महोत्सव सुरु भएको छ। शिवगौरी भगवती  मन्दिर विकास  समितीको आयोजनामा धनगढी उपमहानगरपालिका वडा नम्बर ४ को भगवती  टोलमा हिजोदेखि रामलिला महोत्सव सुरु भएको हो। महोत्सव उद्घाटन समारोहका प्रमुख अतिथि सामाजिक विकास मन्त्री  कृष्णराज सुवेदी रहेका थिए।

कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष दिपक थापा र वडा नम्बर १३ का अध्यक्ष विजयराज जोशी विशिष्ठ अतिथि रहेका थिए। कार्यक्रम संयोजक भुवनराज शर्माको सभापतित्वमा  भएको कार्यक्रम सिद्धराज पनेरुले संचालन गरेका थिए। रामलिला महोत्सव कार्तिक ८ गते सम्म सञ्चालन हुनेछ। 
 
 

कमेन्ट लोड गर्नुस