सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भिर घाइते

२०७६ असोज २५, ०४:१२ खबर संवाददाता

कैलालीमा मोटरसाइकल दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन्। टीकापुर बाट चिसापानी जाँदै गरेको से ७ प १४९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर जिल्लाको लम्की चुहा नगरपालिका ३ चिसापानी नजिकै गोरुङगे पुलमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो।

मोटरसाईकलमा सवार टीकापुर नगरपालिका १९ का २० वर्षीय मदन शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक प्रकाश कार्कीले बताए। दुर्घटनामा गम्भीर घाइते भएका शाहीको लम्की स्थित लालरत्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनले बताए। 

मोटरसाइकल चालक टीकापुर नगरपालिका वडा १९ का २१ बर्षीय अभिषेक सोडारी  गम्भीर घाइते भएका छन्। उनलाई लालरत्न अस्पतालले थप उपचारका लागि कोहलपुर रेफर गरेको छ। 
 

कमेन्ट लोड गर्नुस