सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा आमालाई करणी गरेको आरोपमा छोरा पक्राउ

२०७६ असोज २५, ०२:१४ खबर संवाददाता

कैलालीमा आमालाई जबरजस्ती करणी गरेको आरोपमा छोरा पक्राउ परेका छन्। जिल्लाको बर्दागोरिया गाँउपालिकाका ३१ वर्षीय युवक  आमालाई जबरजस्तीकरणी गरेको आरोपमा पक्राउ परेको प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय सुखडले युवकलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयलाई बुझाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नीरिक्षक प्रकाश कार्कीले घरमा कोही नभएको मौका छोपी शुक्रबार साँझ खाना खाई सुत्ने क्रममा एक्कासी आमाको कोठामा पुगेर हातपात गरी करणीको प्रयास गरेको भन्दै परेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको जानकारी दिए। भारतमा काम गर्दै आएका छोरा दशैँका लागि घर आएका थिए। उनकी आमा भने एकल महिला हुन्।  

 

कमेन्ट लोड गर्नुस