सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सवारी चालक अनुमती पत्रको लिखित परिक्षाका लागि सधै सास्ती

२०७६ असोज २५, ०१:५९ कमल सावद

कैलालीको भजनीका अशोक सुनार शनिबार सवारी चालक अनुमती पत्रको लिखित परिक्षा दिन शुक्रबार नै धनगढी आएका थिए। राती धनगढीको एक होटलमा बास बसेका उनी साथीसंगै शनिबार बिहान ४ बजे नै लिखित परिक्षाका लागि केन्द्र तोकिएको बोराडाडी स्थित त्रिभुवन माध्यामिक विद्यालय पुगे। त्यहाँ पुग्दा परिक्षार्थीको लाईन सुरु भईसकेको थियो।

साथीहरुसंगै सुनार पनि लाईन लागे। तर लाईन व्यवस्थीत नहुँदा भित्र प्रवेश गर्न नै नपाएर उनी पालो कुरिरहेका थिए। नियम अनुसार बिहान साढे ६ बजे भित्रै परिक्षा हल भित्र प्रवेश गरिसक्नुपथ्र्यो। यातायात कार्यालयको फितलो व्यवस्थापनका कारण दुःख पाएको परिक्षार्थीहरुको गुनासो छ।

कैलालीको हसुलिया ‘क’े गाँउका राजाराम चौधरी बिहान साढे ६ बजे परिक्षा हुने त्रिभुवन माध्यमिक विद्यालय पुगेका थिए। उनी मोटरसाईकलको लिखित परिक्षाका लागि धनगढी आएका हुन्। तर उनले पनि भीडभाडकै कारण प्रवेश गर्न सकेका थिएनन्। उनले भने, ‘७ बजेदेखि परिक्षा हुन्छ भनियो, तर भित्र प्रवेश गर्न पाएको छैन्। मोटरसाईकलको लाईसेन्सका लागि लिखित परिक्षा दिनु छ। अब के हुने होला ?’

लिखित परिक्षाका लागि सधै सास्ती खेप्नुपर्छ, उनले दुःख व्यक्त गरे। एउटै परिक्षा केन्द्रमा धेरै परिक्षार्थीलाई एकै पटक सामेल गराईदा ठाउँ अभावका कारण व्यवस्थापनमा चुनौती हुदै आएको छ। वषौँदेखि त्रिभुवन माध्यमिक जिवद्यालयमा मात्र परिक्षा सञ्चालन गर्दा समस्या हुने गरेको छ। तर यातायातले परिक्षा केन्द्र थपेर सवारी साधन अनुसार फरक फरक ठाउँमा लिखित परिक्षा दिने व्यवस्था मिलाउनुपर्ने माग गरिएको छ।

 

नौनियाका बुदराज डगौराले त्रिभुवन बाहेकका विद्यालयमा पनि सवारी साधन अनुसारको परिक्षाको व्यवस्था भए व्यवस्थीत हुने बताए। सबै सवारी साधनको एउटै विद्यालयमा परिक्षा भएकाले व्यवस्थापनमा समस्या रहेको उनले बताए। डगौराले भने, ‘माटरसाईकल र स्कुटरको एक ठाँउमा, अटो, जीप, तथा हेभि गाडीका लागि फरक फरक ठाँउमा परिक्षा केन्द्र राख्न आवश्यक छ।

त्यसपछि मात्र व्यवस्थापन गर्न सकिन्छ।’ तर एउटा मात्र परिक्षा केन्द एकै दिन सबै किसिमका सवारी साधनको चालक अनुमती पत्रको परिक्षा सञ्चालन गरिदा सास्ती व्यहोर्न परेको छ। फितलो व्यवस्थापनले सवारी चालक अनुमती पत्रको परिक्षामा सास्ती भएको गुनासो गरिएपनि यातायातले भने कर्मचारी अभावको कारण देखाउदै पन्छीने गरेको छ।

यातायात व्यवस्था कार्यालय धनगढीका निमित्त प्रमुख नन्दलाल पाण्डे त्रिभुवन माध्यमिक विद्यालयको जमिन भाडामा लिइएकोले त्यतै परिक्षा सञ्चालन गरिदै आएको बताउछन्। कार्यालयमा १० जना मात्र कर्मचारी छन्। उनले भने ‘धेरै ठाँउमा परिक्षा सञ्चालनका लागि कर्मचारी अभाव हुने भएकाले त्रिभुवनमा मात्र सञ्चालन गरेका हौ। त्रिभुवनको जमिन हामीले भाडामा लिएका छौ। परिक्षा व्यवस्थीत भएको छैन्। सवारी साधन अनुसार फरक–फरक ठाँउमा सञ्चालन गर्ने बिषयमा हामी छलफल गर्ने छौ।’   

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस