सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्लाष्टिक रहित धनगढी नगरको अभियान हाट बजारबाट सुरु

२०७६ असोज २४, ०६:०० खबर संवाददाता

धनगढी उप–महानगरपालिकाले प्लाष्टिक रहित नगर बनाउने अभियान अन्तरगत शुक्रवार धनगढीको त्रिनगर हाटबजारमा पुगेर ब्यापारी र ग्राहकहरुलाई अभियान बारे जानकारी गराएको छ।

धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड, उप–प्रमुख सुशीला मिश्र भट्ट, वातावरण शाखाका कर्मचारी, जिल्ला रेडक्रस सोसाईटी कैलालीका प्रतिनिधी र स्वयंसेवकहरुका साथ हाटबजारमा अभियानका बारेमा जानकारी गराएका थिए। धनगढी उप–महानगरपालिका वातावरण शाखा प्रमुख अशोक अवस्थीले सुरुमा प्रचारप्रशार गर्ने, झोला उपलब्ध गराउने, प्रयोगका लागि अनुरोध गर्ने बताए। त्यसपछि पनि प्लाष्टिक प्रयोग गर्नेलाई कार्वाही गरिने उनले बताए।

कमेन्ट लोड गर्नुस