सुदूरपश्चिमेली नेपाली समाजको दोस्रो अधिवेशन धनगढीमा सुरु
सुदूरपश्चिमेली नेपाली समाजको दोस्रो महाधिवेशन तथा अन्तराष्ट्रिय सम्मेलन सुरु भएको छ। प्रदेशको अस्थायी राजधानी धनगढीको ओम प्यालेसमा नेपाली समाजको दोस्रो महाधिवेशन तथा अन्तराष्ट्रिय सम्मेलन सुरु भएको हो। सम्मेलनको नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री रमेश लेखकले एक कार्यक्रमकाबिच उद्घाटन गरेका छन्।
सम्मेलनले विभिन्न देशमा रहेका सुदूरपश्चिमेली समाजको छाता संगठनका रुपमा रहेको अन्तराष्ट्रिय समाजको नयाँ नेतृत्व चयन गर्नेछ। समाजका गतिविधिका विषयमा पनि सम्मेलनमा छलफल भईरहेको समाजका महासचिव अमृत शाहीले बताए। भेलामा सुदुरपश्चिमको हितका लागि आ–आफ्नो क्षेत्रबाट गर्न सकिने सहयोग र प्रयासका बिषयमा छलफल पनि गरिने छ।
झण्डै तीन बर्ष अगाडी सामाजिक संजाल मार्फत सुदूरपश्चिमको हितका लागि स्थापना गरिएको समाजको पहिलो भेला दुई बर्ष अगाडी धनगढीमै भएको थियो। समाजमा विश्वका करिब ४० भन्दा बढि राष्ट्रमा रहेका सुदूरपश्चिमेलीहरु युवाहरुको आबद्धता रहेको छ।