सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको कपडा बैँकलाई डिभोटी होटलद्धारा सहयोग

२०७६ असोज २३, ०५:१२ खबर संवाददाता

धनगढीमा रोयल कोलाबोरेटिभ्सले संचालनमा ल्याएको कपडा बैँकलाई डिभोटी होटलले कपडा दान गरेको छ। होटल डिभोटीले आज कपडा बैँकलाई दुई सय ५० जोर कपडा र  जुत्ताचप्पल सहयोग गरेको हो। ३ महिना पहिले सञ्चालन गरिएको बैँकले दाताहरुबाट संकलन गरिएका कपडा निःशुल्क रुपमा वितरण गर्दै आएको छ। बैँकले निसर्ग अस्पताल  र धनगढी उपमहानगरपालिका परीसरबाट कपडा वितरण गर्दै आएको छ।  

कमेन्ट लोड गर्नुस