सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका ठूला योजनालाई गति दिन तीन तहका जनप्रतिनिधीबिच छलफल

२०७६ असोज २३, ०३:३४ खबर संवाददाता

प्रदेशका महत्वपूर्ण योजनाहरुको निर्माण कार्यलाई गतिदिन बिहीबार सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कार्यालयमा छलफल भएको छ। ठूला योजना कार्यान्वयनमा देखिएका जटिलता समाधानका बारेमा प्रतिनिधीसभा सदस्य तथा पूर्व मन्त्री लेखराज भट्ट, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, प्रतिनिधीसभा सदस्य नारदमुनी राना र धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडका बिचमा छलफल भएको हो। 

धनगढी (हसनपुर)–खुटिया–बिपीनगर–दिपायल फाष्ट ट्रयाक सडक, सेती लोकमार्ग लगायतका सडक योजना निर्माणमा देखिएका जटिलता समाधानका लागि पनि छलफल भएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तीनै तहको सरकार र जनप्रतिनिधीहरु बिचको सहकार्य र समन्वय विना विकासले गति लिन नसक्ने बताए। विकास निर्माणको कामलाई कसरी सजिलो गरि अगाडी बढाउन सकिन्छ भनेर छलफल गरिएको उनले बताए। 

कमेन्ट लोड गर्नुस