सुदूर नेपाललाई विश्वसँग जोड्दै

हवाई आक्रमणमा परि ३० जनाको मृत्यु

२०७६ असोज २२, ०४:५० खबर संवाददाता

हवाई आक्रमणमा परि अफगानिस्तानमा ३० जनाको मृत्यु भएको छ। पश्चिमी अफगानिस्तानमा अमेरिकाले गरेको हवाई आक्रमणमा परी कम्तीमा ३० सर्वसाधारण मारिएका संयुक्त राष्ट्रसंघले जनाएको छ।

अफगानिस्तानमा संयुक्त राष्ट्र सहायता मिसन (युएनमा) ले प्रकाशन गरेका विज्ञप्तिमा यस आक्रमणमा परी ३९ व्यक्ति घाइते भएको बताइएको छ। जस मध्ये ३० जनाको ज्यान गएको हो। मृत्यु हुनेमा १४ बालबालिका र एक महिला रहेका पनि विज्ञप्तिमा जनाइएको छ।
 

कमेन्ट लोड गर्नुस