सुदूर नेपाललाई विश्वसँग जोड्दै

अव्यवस्थित विद्युतीकरणले कुरुप बन्दै धनगढी, दुर्घटनाको जोखिम बढ्दो

२०७६ असोज २२, ०१:४९ कमल सावद

अव्यवस्थित विद्युतीकरणका कारण प्रदेशको अस्थायी राजधानी धनगढीम कुरुप बन्दै गएको छ। बढ्दो शहरीकरणका बिच गरिएको अव्यवस्थित विद्युतीकरणका कारण सुदूरपश्चिमको प्रमुख व्यापारिक केन्द्र धनगढी  कुरुप बन्दै हो। सम्भावित खतरालाई ध्यानमा नराखी जथाभावी विद्युतीकरण गरिएपछि धनगढी कुरुप मात्र बनेको छैन् दुर्घटना जोखिम पनि बढ्दो छ।

अस्तव्यस्त विद्युतीकरण गर्दै भुई छुनेगरी राखिएको ट्रान्सफर्मर समेत खुल्ला छोडिएपछि दुर्घटनाको जोखिम झनै बढेको हो। २०६२ सालमा तत्कालीन धनगढी नगरपालिकाका मेयर भईसकेका स्थानीय जनक कुमारी कुँवरले पहिलेको धनगढी भन्दा अहिलेको धनगढी कुरुप देखिएको बताइन्।

उनले भनीन,‘धनगढीमा जनसंख्या पनि बृद्धि हुदै यो, उनीहरुका लागि विद्युत लगायत अन्य सुविधा चाहिन्छ। तर विद्युत तार अस्तव्यस्त विस्तार गरिएको छ। हाम्रो अगाडी एक पोल विच सडकमा छ। सार्न प्राधिकरणलाई आग्रह गरेका थियौ। तर अहिले सम्म काम भएको छैन्।’ अव्यवस्थित विद्युतिकरणकै उपज धनगढीमा बेला बखत आगलागी, तार सर्ट हुने लगायतका समस्या उत्पन्न हुने गरेका छन्।

सोही कुरालाई देखाएर विद्युत प्राधिकरणले मर्मतको नाममा अघोषित लोडसेडिङ समेत गर्दै आएको छ।  प्राधिकरणले ठाउँ ठाउँमा भुई छुनेगरी राखेको ट्रान्सफर्मर समेत खुल्ला छोड्दा झनै जोखिम बढाएको  धनगढीका  स्थानीय बलबहादु खत्रीले बताए। उनले भने,‘प्राधिकरणले भुई छुने गरि ट्रान्स फर्म राखेको छ। पटक–पटक गाईले सिँङ गड्काएका हुन्छन्। तार चुडिन्छ।

विद्युत सर्ट हुन्छ। लामो समय सम्म सोही बाहानामा विद्युत काटिन्छ।’ तर नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्र भने अव्यवस्थित विद्युतीकरणका विषयमा गम्भीर नभएको आरोप लाग्दै आएको छ। जसका कारण खुल्ला छोडिएका ट्रान्सफर्मरमा छुन पुगे जुनसुकै बेला समेत अप्रिय घटना हुन सक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ।

अर्कोतीर स्मार्ट सिटीको नारालाई समेत यसले गिज्याईरहेको छ। यता नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्र भने यो विषयमा गम्भीर रहेको दावी गर्दै आएको छ। धनगढी वितरण केन्द्रका प्रमुख सुरेन्द्र चौधरीले धनगढी बजार क्षेत्रका आघा दर्जन ट्रास्फर्मर मर्मत गरिएको बताए।

उनले विद्युत तारलाई छुने रुखका हाँगा पनि काटिएको जानकारी दिए।  ‘धनगढीमा म आएदेखि मर्मतको काममा विषेश ध्यान दिएको छु, पाँच÷छ ठाँउमा मर्मत गरिएको छ। झाडी पनि सफा गरिएको छ। बजार क्षेत्रमा विजुलीका तार झुलिएको छैन्।’ चौधरीले भने, ‘केहि ठाँउमा भए मर्मत गर्छौ।

विजुलीका पोलमा रहेका अन्य तारका कारण बजार बढि अव्यवस्थीत भएको छ।’ स्थानीयले दीर्घकालीन असर र लाभलाई ध्यानमा नराखी जथाभावी रुपमा विद्युतीकरण गर्ने नेपाल विद्युत प्राधिकरणले कुनै दुर्घटनामा भएमा जिम्मा समेत लिनुपर्ने माग गर्दै आएका छन्।  
 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस