कैलालीमा मोटरसाईकल दुर्घटना हुँदा तीन जना घाईते
कैलालीमा मोटरसाईकल दुर्घटना हुँदा तीन जना घाईते भएका छन्। जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्वर १० पहलमानपुरमा दुई मोटरसाईकल एक आपसमा ठोक्किदा तीन जना घाईते भएका हुन्।
पहलवानपुर चोकमा वडा नम्वर ९ बस्ने बर्ष ४० बर्षीय बिर बहादुर बुढाले चलाएको से ३ प २३९६ मोटरसाईकल र वडा नम्वर १ बस्ने २० बर्षीय निर्मल कडेलले चलाएको से ३ प ६२७३ मोटरसाईकल एकआपसमा ठोक्किदा तीन जना घाईते भएका हुन्।
दुवै मोटरसाईकलका चालक र से ३ प ६२७३ नम्वरको मोटरसाईकलमा सवार ५६ बर्षीय काशीनाथ कडेल घाईते भएका हुन्। उनीहरुको स्थानीय अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। मोटरसाईकल नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए।