सुदूर नेपाललाई विश्वसँग जोड्दै

सिजन सुरु भएसँगै रसुवामा पर्यटक बढे

२०७६ असोज २१, ०६:०० खबर संवाददाता

रसुवाको पर्यटकीय क्षेत्रहरूमा पर्यटकको आगमन उल्लेख्य मात्रामा बढेको छ। पर्यटकीय सिजन सुरु भएसँगै नेपाली तथा विदेशी पर्यटकको आगमन बढेको हो। आएका पर्यटकमध्ये गोसाईकुण्ड र लाङटाङ जानेको सङ्ख्या उच्च छ। लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा बाह्रै महिना पर्यटक आउने गरेको भए पनि यो सिजनमा सबैभन्दा बढी पर्यटक आउने गरेका छन्।

अहिले दैनिकरूपमा डेढ सयको हाराहारीमा पर्यटक आइरहेका छन्। निकुञ्ज आएका पर्यटकमध्ये पर्यटकीय क्षेत्र लाङटाङ, धार्मिकस्थल गोसाइँकुण्ड र तामाङ सम्पदा मार्गको अध्ययन, अवलोकन गर्न पुग्ने गरेका छन्। असोज १५ गतेदेखि कार्तिक मसान्त र चैतदेखि वैशाख अन्तिमसम्म बढी पर्यटक आउने गरेका छन्। जिल्लाको पर्यटकीय क्षेत्रहरूमा बाह्रै महिना पर्यटक आउने गरेका छन्। तर तीन महिना पर्यटनको लागि उपयुक्त मौसम नहुने भएकाले कम हुने गरेको निकुञ्जले जनाएको छ।

जिल्लाको गोसाईकुण्ड, लाङटाङ र तामाङ सम्पदा मार्गमा अहिले पर्यटक जानका लागि कुनै पनि समस्या नरहेको निकुञ्जका सूचना अधिकारी शिवलाल गैरेले बताए।

कमेन्ट लोड गर्नुस