सुदूर नेपाललाई विश्वसँग जोड्दै

५० हजारको चेक साटेपछि धनगढीबाट बालक वेपत्ता

२०७६ असोज १८, ०३:४६ खबर संवाददाता

धनगढी –बैंकमा चेक साट्न गएका एक बालक सम्पर्कविहिन भएका छन्। कैलारी गाउँपालिका–४ भित्तरिया स्थायी घर भई हाल धनगढी उप–महानगरपालिका–७ मोती चौक बस्दै आएका १४ वर्षीय अविशेक चौधरी सम्पर्कविहिन भएका हुन्। 

असोज १७ गते दिउँसो उनी धनगढीको क्याम्पस चौकस्थित सांग्रिला डेभलपमेन्ट बैंकमा ५० हजार नगद जम्मा गर्न र ५० हजारको चेक साट्न गएका थिए। उनको वुवा खुशीराम चौधरीका अनुसार चेक साटेपछि अविषेकले साढे ३ बजेको समयमा बैंकबाटै फोन गरी कामको शिलशिलामा मालपोत कार्यालय धनगढीमा रहेका जानकारी गराएका थिए।

‘मालपोतमा आउँ कि, घरमा आउँ भनी सम्पर्क गरेका थिए।’ उनले भने। तर उनी २४ घण्टा बित्दा समेत हालसम्म परिवारको सम्पर्कमा आउन नसकेको उनको बुवा खुशीरामले बताए। 

उनको बुवा खुशीरामले जिल्ला प्रहरी कार्यालय कैलालीमा खोजी कार्यको लागि निवेदन दर्ता गराएका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले खोजीकार्य जारी रहेको बताए। 
 

कमेन्ट लोड गर्नुस