सुदूर नेपाललाई विश्वसँग जोड्दै

साझा पार्टीद्वारा टीकापुरका ज्येष्ठ नागरिकलाई सम्मान

२०७६ असोज १८, ०३:१९ खबर संवाददाता

नेपालीहरुको महान चाड विजयी दशमीको अवसरमा साझा पार्टीले कैलालीको टीकापुरमा ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ। साझा पार्टी क्षेत्र नम्वर १ टीकापुर कैलालीको आयोजनामा ज्येष्ठ नागरिकलाई सम्मान  तथा दशैँ, तिहार र छठको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम भएको हो।

टीकापुरमा अयोजित कार्यक्रममा निर्वाचन क्षेत्र नम्वर १ भित्र  रहेका ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो। निर्वाचन क्षेत्र भित्रका बिभिन्न वडामा रहेका ६६ जना बृद्धबृद्धालाई दोसल्ला ओढाएर सम्मान गरिएको पार्टीले जनाएको छ। 

साझा पार्टीका सुदूरपश्चिम प्रदेश संयोजक गोपाल हमाल, उप संयोजक दिनेशराज भण्डारी लगायतका नेताहरुको सहभागितामा ज्येष्ठ नागरिक सम्मानसंगै आर्शीवाद ग्रहण पनि गरिएको छ। गत बर्ष दशैँको अवसरमा धनगढीमा पनि ज्येष्ठ नागरिक सम्मान कार्यक्रमको आयोजना गरिएको थियो।

दशैँको अवसरमा दशैँ मिलन कार्यक्रम राख्ने परिपाटी भएपनि साझा पार्टीले भने प्रत्येक बर्ष ज्येष्ठ नागरिकलाई सम्मान गर्ने र आर्शीवाद ग्रहण गर्ने कार्यक्रम गर्दै आएको जनाएको छ। 

 

कमेन्ट लोड गर्नुस