सुदूर नेपाललाई विश्वसँग जोड्दै

दशैँ मनाउन दुई दिनमा चार लाख ५० हजारले छाडे राजधानी

२०७६ असोज १७, ०७:१६ खबर संवाददाता

दशैँ मनाउन दुई दिनमा ४ लाख ५० हजारभन्दा बढी व्यक्तिले राजधानी छाडेका छन्। यही असोज १५ गते दुई लाख १५ हजार र १६ गते दुई लाख ४२ हजारले राजधानी छाडेको महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौँले जनाएको छ। प्रहरीका अनुसार  यही असोज ५ गतेदेखि आज बिहानसम्म १६ लाख ५६ हजारले राजधानी छाडेका छन्। यो बीचमा झण्डै सात लाख यात्रु राजधानी भित्रिएका छन्। अहिले राजधानीमा भित्रिने क्रम भने न्यून भएको छ।

पछिल्ला दुई दिनमा एक लाख ४० हजारको हाराहारीमा यात्रु भित्रिएका छन्। समग्रमा आजसम्म राजधानीबाट बाहिरिएको खुद सङ्ख्या भने नौ लाख हाराहारीमा पुग्यो, अहिले उपत्यका, नागढुङ्गालगायत क्षेत्रमा सुरक्षा व्यवस्था राम्रो रहेको र केही व्यापारिक क्षेत्रहरुमा मानवीय चाप बढी भएकाले क्यूमा गाडी गुडिरहेको प्रहरीले जनाएको छ।राजधानीमा एक हजारभन्दा बढी ट्राफिक प्रहरी खटाइएको र नागढुङ्गार्मा याकरसहित ट्राफिक प्रहरी तैनाथ रहेको जनाइएको छ।

कमेन्ट लोड गर्नुस