सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा २० हजार घुस सहित सशस्त्र प्रहरीका सहायक हवल्दार र जवान रंगेहात पक्राउ

२०७६ असोज १७, ०३:०४ खबर संवाददाता

कैलालीमा सेवाग्राहीबाट घुस लिदै गर्दा सशस्त्र प्रहरी सहायक हवल्दार र जवान रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरबाट खटिएको टोलीले भारतबाट आउने समानमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट लिएको २० हजार घुस सहित दुईजनालाई पक्राउ गरेको हो।

अख्तियार महेन्द्रनगरका निमित्त प्रमुख प्रेम बस्नेतले सशस्त्र प्रहरीको बिओपी भजनीमा कार्यरत सहायक हवल्दार ज्ञान बहादुर चौधरी र जवान रतीराम चौधरीलाई घुस रकम सहित पक्राउ गरिएको जानकारी दिए।

उनीहरुलाई भजनी नगरपालिका वडा नम्बर १ बाट पक्राउ गरिएको बस्नेतले बताए। दुवैजनाले भारतबाट आउने समान सहज रुपमा भित्र्याउन सहयोग गर्ने भन्दै सेवाग्राहीबाट घुस लिएको उनले बताए।  उनीहरुलाई आज दिउँसो साढे १२ बजेतीर पक्राउ गरिएको हो।   

कमेन्ट लोड गर्नुस