सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको लम्कीमा खुकुरी प्रहारबाट एकजना घाईते

फोटो : नवराज खनाल
फोटो : नवराज खनाल
२०७६ असोज १७, ०९:४५

कैलालीको लम्कीमा खुकुरी प्रहार हुदा एकजना घाईते भएका छन्। लम्कीचुहा नगरपालिका वडा नम्बर २ का अन्दाजी ३१ वर्षीय कृष्णबहादुर बुढामगरमाथि स्थानीय युवाको समूहले खुुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ।

ईलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी नीरिक्षक ज्ञानेन्द्र चन्दले खुकुरी प्रहारबाट घाईते भएका बुढामगरको लालरत्न अस्पतालमा उपचार भईरहेको जानकारी दिए।

उनको अवस्था खतरा मुक्त रहेको छ। उनको पाखुरामा चोट लागेको छ। बुढामगरबाट खुकुरी प्रहार गर्ने लम्कीकै स्थानीय रमेश शाहीलाई पक्राउ गरिएको बताउँदै प्रहरी नीरिक्षक चन्दले दुईजना भाग्न सफल भएको बताए।

उनीहरुको खोजी भईरहेको छ। उनीहरुबिच बीहिबार साँझ झडप भएको बुझिएको प्रहरीको भनाई छ।   
  
 

कमेन्ट लोड गर्नुस