सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरियाबाट ६ किलो चरेस सहित एक जना पक्राउ

२०७६ असोज १६, ०६:२२ खबर संवाददाता

कैलालीको गोदावरी नगरपालिका वडा नम्वर २ अत्तरिया बजारबाट पनि एक जना लागु औषध सहित पक्राउ परेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरीको अनुसन्धान समूह आरआईटी र ईलाका प्रहरी कार्यालय मालाखेतीको सयुक्त टोलीले बझाङ सुर्मा गाउँपालिका वडा नम्वर ४ बस्ने २३ बर्षीय सुरेश पुजारालाई पक्राउ गरेको हो।

प्लाष्टिकको बोरा भित्र रहेको आलुमा सेतो कपडा बेरी राखिएको ६ किलो चरेश पनि बरामद गरिएको छ।

कमेन्ट लोड गर्नुस