सुदूर नेपाललाई विश्वसँग जोड्दै

म प्रति आक्रमण गर्नेहरूलाई दशैंको शुभकामना : ज्ञानेन्द्र शाहि

२०७६ असोज १६, ०५:४९ खबर संवाददाता

नेपालका लागि नेपाली अभियानका अभियान्ता ज्ञानेन्द्र शाहीले आफुलाई आक्रमण गर्नेहरुलाई शुभकामना दिएका छन्। बिहीबार एक प्रेस वक्तव्य पढेर सुनाउँदै उनले उनले भने, ‘म प्रति चितवनमा आक्रमण गर्नेहरूलाई दशैंको शुभकामना छ। दुर्गा भवानीले भाला र तरबार समाउने हातमा कलम समाउने सद्बुद्धि दिउन्। विचारले प्रतिवाद गर्न सक्ने क्षमता तपाईंहरूमा वृद्धि होस्।’ 

असोज ११ गते चितवनमा शाहीमाथि आक्रण भएको थियो। यस्तै उनले आफू मरेर बाँचेको बताउँदै भने, ‘तपाईंहरूको माया र सद्भावले मैले नयाँ जीवन पाएको छु। मरिसकेको मान्छे पनि बाँचेको छु।’
 

कमेन्ट लोड गर्नुस