सुदूर नेपाललाई विश्वसँग जोड्दै

दशैँमा यात्रुको चापलाई मध्यनजर गरी धनगढीबाट अतिरिक्त बस संञ्चालन

२०७६ असोज १६, ०३:०७ रोशन भट्ट

बडादशैँका लागि घर फर्किनेको घुईचो लागेसंगै यातायात प्रालीहरुले अतिरिक्त बस सेवा संञ्चालन गरेका छन्।। अध्ययन एवं विभिन्न कामको सिलसिलामा बाहिरिएकाहरु घर फर्किने क्रम बढेसंगै यातायात प्रालीले अतिरिक्त बस सञ्चालन गरेका हुन्। जिल्लामा संञ्चालित यातायात प्रालीले नियमित चल्ने बसहरुसंगै विभिन्न रुटमा अन्य बस पनि थपेका छन्।

काठमाडौं लगायत देशका अन्य स्थानबाट जन्मथलो फर्किने सुदूरपश्चिमेलीहरुको लागि यात्रा सहज होस भन्ने उद्देश्यका साथ अतिरिक्त बसहरु संञ्चालन गरिएको सुन्दर सुदूपश्चिम यातायात प्रालीका कोषाध्यक्ष गोविन्द शाहीले बताए। पाँच सय हाराहारीको संख्यामा बस रहेको सुन्दर सुदूरपश्चिम यातायात प्रालीले नियमित संञ्चालन हुने बससंगै आवश्यक मात्रामा अन्य बसहरु समेत संञ्चालन भईरहेको जनाएको छ।

धनगढीबाट पहाडी जिल्लाका लागि पनि साविकको भन्दा अतिरिक्त बस थपिएको छ। जिल्लामा संञ्चालित अर्को रिभर साईड यातायात प्रालीले पनि विभिन्न रुटमा बस थपेको प्रालीका अध्यक्ष धिरज शाहीले बताए। विभिन्न यातायात व्यवसायीहरुले आवागमन सहज होस भन्नका लागि अग्रिम बुकिङ पनि खुला गरेका थिए। तर अग्रिम टिकट पाउन भने मुस्किल भईरहेको यात्रुहरुको गुनासो छ।

कैलालीबाट सञ्चालित यातायात प्रालीहरुले काठमाडौँ रुटमा बस थपेको दावी गरेका छन् तर काठमाडौँबाट सुदूरपश्चिमका लागि टिकट पाउन निकै मुस्किल भईरहेको गुनासो यात्रुहरुको छ। तर पनि अतिरिक्त बस संञ्चालन गरेको केही सहज भईरहेको दावी खप्तड मालिका यातायात प्रालीका अध्यक्ष अनन्तराज जोशीको छ।

जिल्लामा संञ्चालित सुन्दर सुदूरपश्चिम यातायात प्राली, रिभर साईड यातायात प्राली, खप्तड मालिका यातायात प्राली र मालिका यातायात प्रालीले यात्रुको संख्यालाई मध्यनजर गरी थप बस संञ्चालन गरेको बताएका छन्। सुदूरपश्चिमकोे पहाडी जिल्ला बाजुरा र अछाममा दुई वटा बस संञ्चलन गर्दै आएको मालिका यातायातले ती बसहरुलाई काठमाडौं पठाउने गरेको प्रालीका अध्यक्ष जयबहादुर खड्काले बताए। 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस