सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा मुक्त कमैयाको खाद्य अधिकार बारे समिक्षा

२०७६ असोज १६, ०६:५१ खबर संवाददाता

परिवर्तनका लागी कार्यरत युवा समुह नेपाल (याक नेपाल)ले धनचौरी मुक्त कमैया समुदायको खाद्य अधिकार बारे बुधबार कैलालीको सेहरीमा समिक्षा तथा बहिर्गमन कार्यक्रम गरेको छ। याक नेपालका कार्यकारी निर्देशक डबल बमले गोदावरी नगरपालिका वडा नम्बर ९ स्थित धनचौरी मुक्त कमैया समुदायको खाद्य अधिकारको क्षेत्रमा ७ बर्ष देखि काम गर्दै आएको बताए।

गोदावरी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष लहानु चौधरीले विगतको अवस्थामा र अहिलेको अवस्थामा निकै परिवर्तन आएको बताए। वडाबाट सदैब जोखिम भएको ठाउँमा सहयोग गर्ने, कृषि, खानेपानी, स्वास्थ क्षेत्रमा सहयोग गर्न तयार रहेको उनले बताए।

याक नेपालका सर्जु चौधरीले धनचौरी शिबिर बासीको विगत र अहिले आएको परिवर्तन बारे प्रकास पारिन्। धनचौरीबासीको आफ्नै क्रियाशिलताले जिवनमा परिवर्तन आएको उनको भनाई छ। धनचौरी मुक्त कमैया समुदायकी स्थानिय साबित्रीदेबी चौधरले याक नेपालको सहयोगका कारण समुदायमा खाद्य अधिकारका क्षेत्र शिक्षा, स्वास्थ्य क्षेत्रमा सहयोग पुगेको बताईन.। 

धनचौरी मुक्त कमैया समुदायकी अर्का स्थानिय लक्ष्मि देबि चौधरीले केहि बर्ष अघि आफुहरुलाई आफ्नो अधिकारका बारेमा जानकारी नभएको अवस्थामा याक नेपालले विभिन्न कुराहरु सिकाएको बताईन्। 

कमेन्ट लोड गर्नुस