सुदूर नेपाललाई विश्वसँग जोड्दै

कर्मचारी र जनप्रतिनिधिले मदिरा सेवन गरे ५ हजार जरिवाना

२०७६ असोज १५, ०७:२६ खबर संवाददाता

रुकुमको एक गाउँपालिकाले मदिरा सेवन गर्ने कर्मचारी र जन प्रतिनिधिलाई पाँच हजार जरिवाना गर्ने भएको छ। सानी भेरी गाउँपालिकाले मदिरा जन्य पदार्थ सेवन गरेको पाइएमा कर्मचारी, जन प्रतिनिधि तथा सर्वसाधारणलाई जरिवाना तिर्नुपर्ने निर्णय गरेको छ।गाउँपालिका स्तरीय सुरक्षा समितिको बैठकले मदिरा सेवन गर्ने जन प्रतिनिधि तथा कर्मचारीलाई ५ हजार जरिवाना गर्ने निर्णय गरेको हो।

बैठकले विभिन्न समिति तथा सङ्गठनमा आबद्ध व्यक्तिहरूलाई ३ हजार र सर्वसाधारणलाई १ हजार ५ सय जरिवाना गर्ने निर्णय गरेको। यदि दोस्रो पटक उही व्यक्ति मदिरा सेवन गरेको भेटिएमा त्यसको दोब्बर जरिवाना तिर्ने गरी निर्णय गरिएको छ।
 

कमेन्ट लोड गर्नुस