सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका सञ्जय रानालाई छुटाई दिने प्रलोभनमा १० लाख रुपैँया लिएर एक जना फरार

२०७६ असोज १५, १०:२२ खबर संवाददाता

ठगी धन्दा सञ्चालन गरेको आरोपमा पक्राउ परेका धनगढीका सञ्जय रानालाई छ्टाईदिने भन्दै १० लाख ३५ हजार रुपैँया लिएर एक जना फरार भएका छन्। धनगढी मट्यारीका रानाकी पत्नीबाट १० लाख रुपैया लिएर एक जना फरार भएका हुन्। 

जिल्ला प्रहरी कार्यालय कैलालीको मुद्दा फाँटमा कार्यरत प्रहरी नायव निरिक्षक भएको भन्दै धनगढी उपमहानगरपालिका–३ बस्ने २० वर्षीय बिजय सिंहले रानाकी पत्नीबाट उक्त रकम लिएको खुलेको हो। 

रानाकी पत्नीले सिंहलाई पैसा दिएको भन्दै प्रहरीमा उजुरी दिएकी छन्। छुटाई दिने प्रलोभन दिएर रकम लिएको भन्दै उजुरी परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। कुलत र अपराधमा फसेका सिंहले विभिन्न व्यक्तिलाई नागरिकता र लाईसेन्स बनाइदिने भन्दै पैसा लिएको पनि पाइएको छ। भदौ १५ गते फ्लोरा होटलबाट पक्राउ परेका सिंह असोज ६ गते छुटेका थिए। 

सञ्जय राना सहित तीन जनालाई प्रहरी ठगी धन्दा चलाएको भन्दै पक्राउ गरेको थियो। विभिन्न व्यक्तिका नाममा रहेका १८ करोड तीन लाख ६४ हजार बराबरका २३ थान तमसुक बरामद गरिएको थियो भने विभिन्न व्यक्तिका नाममा काटेका र खाली गरि ५७ वटा चेक पनि बरामद गरिएको थियो। दुई करोड ४५ लाख रुपैँयाका काटेका चेक बरामद गरिएको थियो।

एक सय ६ करोड रुपैँयाको राष्ट्र बैंकको एउटै नक्कली चेक पनि बरामद गरिएको थियो भने छाप र नक्कली पत्र तथा कागजाहरु पनि उनीहरुको साथबाट प्रहरीले बरामद गरेको थियो। नापी कार्यालय, मालपोत, राजश्व संगै सञ्चार मन्त्रालय, धनगढी उप–महानगरपालिका, गोदावरी नगरपालिका र विभिन्न विभागका छापहरु बरामद गरिएको हो भने राष्ट्र बैंकका गभर्नर सहित, कर अधिकृत, मालपोत अधिकृतको हस्ताक्षर छाप पनि बरामद गरिएको थियो। 

कमेन्ट लोड गर्नुस