सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा निर्माण सामाग्री तथा हार्डवेयर प्रदर्शनी मेला शुरु

२०७६ असोज १२, ०५:२७ कमल सावद

धनगढीमा निर्माण सामाग्री तथा हार्डवेयर प्रदर्शनी मेला सुरु भएको छ। चार दिनसम्म सञ्चालन हुने मेलाको सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले उद्वघाटन गरे। मेलाको उद्वघाटन गर्दै मन्त्री बोहराले सुदूरपश्चिममा निर्माण सामाग्री उत्पादनका लागि कम्पनी स्थापना गर्न आग्रह गरे।

‘सुदूरपश्चिममा कलकारखाना स्थापना गर्नुहोस। पूर्वाधार निर्माण र करमा छुट दिन हामी तयार छौ। स्थानीय र केन्द्र सरकारसंग समन्वय गरेर भयमुक्त वातावरण तयार गर्छौ।’ मन्त्री बोहराले भने। उद्धघाटन कार्यक्रममा सुदूरपश्चिम प्रदेशमा औधोगिक क्षेत्र नरहेको भन्दै व्यवसायीहरुले दुख व्यक्त गरेका थिए। यस्तै धनगढीमा प्रदर्शनी स्थल नभएको भन्दै व्यवसायीहरुले गुनासो समेत व्यक्त गरेका छन्।

उनीहरुले प्रदेश र स्थानीय तहसंगै संघीय सरकार पनि प्रदर्शनी स्थल निर्माणका लागि उदासिन रहेको गुनासो गरे। चार दिन सम्म सञ्चालन हुने मेलामा ५० कम्पनीको सहभागिता रहेको छ। निर्माण तथा हार्डवेयरका प्रदर्शनी मेलामा ६४ वटा स्टलहरु रहेका छन्। भारत, बंगलादेश सहित नेपालका निर्माण कम्पनीहरुका स्टलहरु राखिएको छ। निर्माण सामाग्रीमा बिषेश छुटको पनि व्यवस्था रहेको कैलाली हार्डवेयर व्यवसायी संघका अध्यक्ष सुरेन्द्र राठीले बताए।

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस