सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा भोलीदेखि हार्डवेयर प्रदर्शनी मेला

२०७६ असोज ११, ०७:२३ रोशन भट्ट

सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा हुने हार्डवेयर प्रदर्शनी मेलाको तयारी अन्तिम चरणमा पुगेको छ। हार्डवेयर व्यवसायी संघ कैलालीको आयोजनामा हुन लागेको हार्डवेयर प्रदर्शनी मेलाको तयारी अन्तीम चरणमा पुगेको हो। दशैंको अवसरमा असोज १२ गते भोलीदेखि १५ गते सम्म संञ्चालन हुने मेलामा राष्ट्रिय तथा अन्तरराष्ट्रिय ५० भन्दा बढी कम्पनीहरुको सहभागिता रहने आयोजक कैलाली हार्डवेयर व्यवसायी संघका अध्यक्ष सुरेन्द्र राठीले बताए। उनले सरिया, सिमेन्ट लगायतका हार्डवेयर तथा निर्माणसंग सम्वन्धित नेपाल, भारत, चीन र बङ्लादेशका कम्पनीहरुले सहभागिता जनाउने बताए। मेलामा झण्डै तीख लाख खर्च लाग्ने अनुमान गरिएको छ।

७० स्टल रहने मेलामा यस क्षेत्रका उपभोत्ताहरु समेत निर्माणसंग सम्बन्धित जनाकारी लिन पाउँनेछन्। मेलालाई उपभोक्ता र उत्पादकको भेट गराउने केन्द्र विन्दुको रुपमा समेत लिईएको छ। मेलाले राष्ट्रिय तथा अन्तराष्ट्रिय लगानी भित्र्याउन भुमिका खेल्ने दावी गरिएको छ। तर त्यसको लागि भने प्रदेश सरकारले पहल गर्नुपर्ने देखिएको छ। योसंगै व्यवस्थापन संकायका विद्यार्थीहरुले पनि मेलाबाट ज्ञान हासिल गर्न सक्नेछन् भने उपभोक्ताले पनि नेपाली उत्पादनको विषयमा अध्ययन गर्न पाउने छन्।

निर्माण सामाग्री तथा हार्डवेयर प्रदर्शनीमा विभिन्न कम्पनीहरुले अफरहरु समेत राखेकाले यस क्षेत्रका उपभोक्ताहरुले भ्रमण गरि निर्माण संग सम्बन्धित सामाग्रीहरु खरिद गनुर््को साथै ज्ञान लिन आग्रह गरिएको छ। 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस