सुदूर नेपाललाई विश्वसँग जोड्दै

झुलाघाटमा पक्की पुल निर्माणको माग गर्दै जारी अनसनमा भजनकृतन

२०७६ असोज १०, ०३:५६ खबर संवाददाता

नेपाल–भारत सीमाको झुलाघाट नाकामा पक्की पुल निर्माणको माग गर्दै बैतडीमा २० दिनदेखि रिले अनसशन जारी रहेको छ। बैतडी उद्योग वाणिज्य संघका अध्यक्ष नरबहादुर चन्दको संयोजकत्वमा गठन भएको पुल निर्माण संघर्ष समितिले जिल्ला प्रशासन कार्यालय अगाडी अनशन जारी राखेको हो।

झुलाघाटमा पक्की पुल निर्माणको माग गर्दै सुरु गरिएको अनसनमा आज पनि ३२ जनाले ऐक्यवद्धता जनाएका छन्। अनसन स्थल जिल्ला प्रशासन कार्यालयमै पुगेर ३२ जनाले ऐक्यवद्धता जनाएको पुल निर्माण संघर्ष समितिका अध्यक्ष नरबहादुर चन्दले बताए। अनसनमा सहभागीले भजन कृतन मार्फत पनि पक्की पुल निर्माणको माग गरेका छन्।

तर रिले अनसनको २० दिन पूरा हुँदा समेत सरकार पक्षबाट कुनै प्रतिवद्धता नआएको बताउँदै चन्दले आन्दोलनलाई थप सशक्त बनाउने योजना रहेका बताएका छन्।

नेपाल भारत सीमा नाका अन्तरगत बैतडीको झुलाघाटमा पक्की पुल निर्माण माग गर्दै दुई दशकदेखि शान्तिपूर्ण रुपमा जिल्लाबासीले दबाब दिदै आएका थिए। तर शान्तिपूर्ण आन्दोलनले कुनै सुनवाई नभएपछि गत २२ गतेदेखि जिल्ला प्रशासन कार्यालय अगाडी रिले अनसन सुरु गरिएको थियो। 

 

कमेन्ट लोड गर्नुस