सुदूर नेपाललाई विश्वसँग जोड्दै

एसिड आक्रमणमा परेका दुई जनालाई सरकारले ३/३ लाख सहयोग गर्ने

। फोटो स्रोत ।
२०७६ असोज ९, ०५:३६ खबर संवाददाता

एसिड आक्रमणमा परेका दुई जना जेनी खड्का र मुस्कान खातुनलाई सरकारले आर्थीक सहयोग गर्ने भएको छ। मन्त्रिपरिषद्को पछिल्लो बैठकले दुबैको उपचार र जीवनयापनमा ३/३ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो।

काभ्रे घर भइ काठमान्डौँ कालोपुल बस्दै आएकी जेनी खड्कालाई गत जेठ १ गते साँझ उनकै श्रीमान विष्णु भुजेलले एसिड छ्यापेका थिए। यस्तै मुस्कान खातुनलाई भदौ २० गते विदयालय जानेक्ममा सम्साद मियाँले एसिड छ्यापेका थिए। उनीहरू दुबैको कीर्तिपुर अस्पताल उपचार भइरहेको छ।

 

कमेन्ट लोड गर्नुस