सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको ऐश्वर्य क्याम्पसद्वारा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना

२०७६ असोज ८, ०५:५२ खबर संवाददाता

धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसले बुधवार शुभकामना आदान प्रदान एवं चियापान कार्यक्रम आयोजना गरेको छ। गुणस्तरीय सुनिश्चीतता प्रत्यायान (क्यूएए) प्रमाणपत्र प्राप्त गरेको तथा बिजया दशमी तथा दीपावलीको अवसरमा शुभकामना आदान प्रदान एवं चियापान कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा नेपाली कांग्रेसकी नेतृ डाक्टर आरजु राणा देउवाले शिक्षण संस्था भित्र राजनीति गर्न नहुने सुझाव दिएकी छिन्। ऐश्वर्य बहुमुखी क्याम्पसलाई आवश्यकता अनुसार सहयोग गर्न आफु तयार रहेको पनि नेतृ देउवाले बताईन्।

सो कार्यक्रममा ऐश्वर्य बहुमुखी क्याम्पस देशमै क्यूएए पाउने ३७ औं क्याम्पस भएको ऐश्वर्य बहुमुखी क्याम्पसका प्रमुख धर्म देव भट्टले बताए। कार्यक्रममा धनगढी उप–महानगरपालिकाका मेयर नृप ओडको पनि सहभागिता रहेको थियो।

कमेन्ट लोड गर्नुस