सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चनपुरमा विद्युतका कर्मचारी रकम असुलीमा लिप्त

२०७६ असोज ८, ११:१३ जनक विष्ट

नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्र मातहतको अत्तरिया नो लाईट सेवाका कर्मचारीहरु रकम असुलीमा लिप्त भएको समाचार सार्वजनीक भएपछि प्रदेशका अन्य ठाउँमा पनि सोही अवस्था रहेको आरोप लागेको छ। प्रदेशको कैलाली र कञ्चनपुरका विद्युतका विभिन्न शाखामा कार्यरत कर्मचारीले पनि मिटरमा निर्धारित शुल्क भन्दा बढि रकम असुलिरहेको सेवाग्राहीको आरोप छ।

धनगढी वितरण केन्द्र अन्तरगतको अत्तरिया नो लाईट सेवाका कर्मचारीले मिटरमा दोब्बर बढि रकम असुलेर बिक्रि गर्ने गरेको समाचार दिनेश खबरमा पढेपछि कैलालीको लम्कीका हेमराज न्यौपानेले पनि तत्कालीन समयमा भ्याट र सेवा शुल्क सहित तीन महिना अघि दुई हजार ४८ रुपैया पर्ने मिटरको साढे तीन हजार लिएको गुनासो गरेका छन्।

कञ्चनपुरका खगे्रन्दकाजी बस्नेतले दोधाराचाँदनीमा पनि यस्तै अवस्था रहेको भन्दै निगरानी बढाईदिन आग्रह गरेका छन्। तर विद्युत प्राधिकरण महेन्द्रनगर वितरण केन्द्र भने मातहतका कार्यालयका कर्मचारीले सेवाग्राहीबाट निर्धारित दररेट भन्दा बढि रकम असुलेको कुरा स्वीकार गर्न तयार छैन्।

महेन्द्रनगर वितरण केन्द्रका प्रमुख जंग बहादुर चन्दले मिटरका निर्धारित दररेट भन्दा बढि शुल्क असुलिरहेको विषयमा आफूलाई जानकारी नभएको बताए। उनले कुनै कर्मचारीले त्यसो गरिएको पाईएमा कारवाही गरिने जनाए। कैलालीको मसुरियाका रत चौधरीले त विद्युतका कर्मचारीले मिटरको साढे चार हजार नै असुलेको आरोप लगाएका छन्।

प्राधिकरणका कर्मचारीले सर्वसाधारणलाई तोकिएको दररेट भन्दा बढि शुल्क लिदै नगदी रसिद समेत नदिने गरेको सेवाग्राहीको आरोप रहेको छ। विद्युत मिटरको दररेटबारे सर्वसाधारण अनभीज्ञ भएको फाईदा उठाउदै कर्मचारीहरुले बढि शुल्क लिने गरेका दावी गरिदै आएको छ।

तर नेपाल विद्युत प्राधिकरण क्षेत्रिय कार्यालय अत्तरियाले भने सेवाग्राहीबाट बढि रकम असुल्ने कर्मचारीलाई कारवाहीको दायरामा ल्याईने दावी गरेको छ। कार्यालयका प्रमुख सतिश कुमार कर्णले कुनै पनि बहानामा मिटरमा तोकिएको शुल्क भन्दा बढि असुल्न नपाउने बताउँदै त्यसो गरिएको भेटिएमा कारवाही गर्ने चेतावनी दिए।

धनगढी वितरण केन्द्र अन्तरगत रहेको अत्तरिया नो लाईट सेवाका कर्मचारीले त सेवाग्राहीबाट एउटा मिटरका चारदेखि पाँच हजार सम्म असुल्ने गरेको अरोप लागेको छ। कार्यालयका निमित्त प्रमुख कैलाशदत्त भट्ट सहितका कर्मचारीले सेवाग्राहीसंग रकम असुल्ने गरेको अरोप छ।

तर रकम असुलीको कुरा सार्वजनीक भएपछि छानवीन गरी कारवाही गर्न निर्देशन दिईसकेको प्राधिकरणका क्षेत्रिय प्रमुख कर्णले बताए। तल्लो स्तरका कर्मचारीले सेवाग्राहीबाट असुलेको रकमको हिस्सा माथिल्लो निकायका कर्मचारी सम्म पु¥याउने गरेको आरोप पनि लाग्दै आएको छ।   

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस