सुदूर नेपाललाई विश्वसँग जोड्दै

झुलाघाट पक्की पुल निर्माण :अनसनको १७ औँ दिन पनि १८ जनाद्धारा ऐक्यबद्धता

२०७६ असोज ७, ०७:१० खबर संवाददाता

बैतडीको झुलाघाटमा मोटरेवल पुल निर्माण माग गर्दै सुरु भएको अनिश्चितकालीन अनसन जारी रहेको छ। बैतडीलाई भारतसंग जोड्न झुलाघाटमा मोटरेवल पुल निर्माणको माग गर्दै जिल्ला प्रशासन कार्यालय अगाडी रिले अनशनमा स्थानीयको ऐक्यवद्धता बढ्दै गएको छ। रिले अनसनको १७ औँ दिन आज पनि १८ जनाले ऐक्यवद्धता जनाएका छन्। पुल निर्माण संघर्ष समितिका संयोजक एवं बैतडी उद्योग वाणिज्य संघका अध्यक्ष नर बहादुर चन्दले १६ औँ दिन आज १८ जनाले ऐक्यवद्धता जनाउँदै रिले अनसन बसेको जानकारी दिए।

चन्दले जिल्लाका विभिन्न स्थानबाट अनसन स्थल जिल्ला प्रशासन कार्यालय पुगेर अनसन बस्दै ऐक्यवद्धता जनाएको बताए। यसरी आजको रिले अनसनमा ऐक्यवद्धता जनाउनेमा दिपेश शाह, दशरथचन्द नगरपालिका वडा नम्बर ५ का पवन कुवँर, वडा नम्बर ४ का मोहन बराल, दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ का शिबराज भट्ट, तेज सिंह बोहरा, विवेक पौडेल, दशरथ चन्द नगरपालिका वडा नम्बर ४ का मोहन बहादुर चन्द, सोहि ठाउँका लक्ष्मण सिंह कार्की, नेकपाका पाटन नगर अध्यक्ष  पुष्करराज जोशी, धनबहादुर चन्द

पाटन नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष लोकबहादुर भण्डारी, पाटन नगरपालिकाका राज बहादुर भण्डारी, नेकपाका सदस्य नरेश सिंह महरा, गणेश महरा, राम सिंह भाट, पाटन नगरपालिका वडा नम्बर ८ का अमर सिंह महरा, सोहि ठाउंका कृष्न सिंह महरा, मजदुर संघ प्रदेश सदस्य पाटन नगरपालिका ८ का टेक बहादुर कुंवर लगायतले झुलाघाटमा पक्की पुल निर्माणको माग गर्दै रिले अनसनमा सहभागिता जनाएका छन्।

नेपाल भारत सीमा नाका अन्तरगत बैतडीको झुलाघाटमा पक्की पुल निर्माण माग गर्दै दुई दशकदेखि शान्पिूर्ण रुपमा जिल्लाबासीले दिदै आएको दबाबले कुनै सीप नचलेपछि गत २२ गतेदेखि जिल्ला प्रशासन कार्यालय अगाडी रिले अनसन सुरु गरिएको छ। पुल निर्माणको माग पूरा नहुँदा सम्म अनसन जारी राख्ने चेतावनी दिईएको छ। तर सरकारले माग सम्बोधनका विषयमा अहिले सम्म कुनै तदारुकता देखाएको छैन्। 

कमेन्ट लोड गर्नुस