सुदूर नेपाललाई विश्वसँग जोड्दै

मिटरमा रकम असुल्ने कर्मचारीलाई कारवाही गर्न विद्युत प्राधिकरणको निर्देशन

२०७६ असोज ७, ०३:४९ जनक विष्ट

नेपाल विद्युत प्राधिकरणले तोकिएको भन्दा बढि शुल्क लिएर विद्युत मिटर बिक्रि गर्ने कर्मचारीलाई आवश्यक कारवाही गर्न निर्देशन दिएको छ। विद्युत प्राधिकरणको अत्तरिया नो लाईट सेवाका कर्मचारीले मिटर बिक्रि गर्दा ग्राहकसंग दोब्बर बढि शुल्क असुल्ने गरेको समाचार सार्वजनिक भएपछि  छानविन गरी अनुसन्धान गर्न निर्देशन दिईएको हो।

नेपाल विद्युत प्राधिकरण क्षेत्रिय कार्यालय अत्तरियाले धनगढी वितरण केन्द्रलाई मिटरमा तोकिएको शुल्क भन्दा बढि रकम असुल्ने नो लाईट सेवा अत्तरियाका कर्मचारीलाई कारवाही गर्न लिखित निर्देशन दिईएको जनाएको छ।क्षेत्रिय कार्यालयका प्रमुख सतिश कर्णले नो लाईट सेवा अत्तरिया धनगढी वितरण केन्द्र अन्तरगत भएकाले आवश्यक अनुसन्धान गरी रकम असुलीमा संलग्न कर्मचारीलाई कारवाही गर्न निर्देशन दिईएको बताए।

अत्तरिया नो लाईट सेवाका निमित्त प्रमुख कैलाशदत्त भट्ट र स्टोर किपर दुर्गा जोशीले ग्राहकबाट तोकिएको भन्दा दोब्बर बढि रकम लिएर मिटर बिक्रि गर्ने गरेको आरोप लागेको छ भने उनीहरुले अनिवार्य रुपमा दिनुपर्ने नगदी रसिद पनि नदिने गरेको ग्राहकहरुको आरोप रहेको छ। तर उनीहरुले भने उक्त आरोपका विषयमा कुनै प्रतिक्रिया जनाएका छैनन्।

सम्बन्धीत समाचार

अत्तरियामा विद्युत प्राधिकरणका कर्मचारीको कमाउ धन्दा : १७ सयको मिटर चार हजारमा बिक्रि

 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस