सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा नदीजन्य पदार्थको उत्खननमा पनि विवाद

अवैध रुपमा बालुवा उत्खनन गरेपछि पक्राउ परेका सात ट्याक्टर
अवैध रुपमा बालुवा उत्खनन गरेपछि पक्राउ परेका सात ट्याक्टर
२०७६ असोज ७, १२:२२ कमल सावद

कैलालीमा स्थानीय तहहरुबिच देखिएको सीमाना विवादको प्रभाव नदीजन्य पदार्थतको उत्खननमा पनि बढ्दै गएको छ। स्थानीय तहरुका बिचमा रहेको सीमना विवादको विषय सुल्झीन नसक्दा नदीजन्य पदार्थको ठेक्कामा पनि प्रभाव परेको हो।

सीमा विवादकै कारण नदीजन्य पदार्थको उत्खननका लागि ठेक्का सम्झौता गर्न समस्या भएको गुनासो गरिएको छ। सीमना विवादका लागि छानविन समिति गठन गरिएको थियो। तर छानविनका लागि गठित समितिको प्रतिवेदन पनि थन्कीएको छ।  सिमाना विवादको अध्ययनका लागि गठित समितिको प्रतिवेदन सरकारलाई बुझाईएको भएपनि थन्काईएको हो।

जिल्ला समन्वय समितिले सीमना विवाद समाधान गर्न नसक्ने भन्दै प्रदेश सरकारलाई विवाद समाधानका लागि आग्रह गरेको थियो। सोही अनुसार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका उप–सचिव मानसिँह विष्टको संयोजकत्वमा छानविन समितिले प्रतिवेदन तयार गरेको थियो।

गत बैशाखमा समितिले प्रतिवेदन बुझाएपनि थन्किएको छ। तत्कालीन पाँच सदस्यीय छानविन समितिका संयोजक उप–सचिव मान सिंह विष्टले प्रतिवेदन मुख्यमन्त्री कार्यालयमा बुझाइएको बताए। कैलालीका सबै नदीहरुमा सीमाना विवाद देखिएको छ। पूर्वी कैलालीको कर्णाली देखि पश्चिम मोहना नदीमा पनि सीमाना विवाद छ। उनले भने,‘नदीहरुमा मनोमानी दोहन पनि भएको छ। केहि स्थानीय तहले मापदण्ड बनाएपनि धेरैले बनाएका छैनन्।’

तत्कालिन छानविन समितिका संयोजक विष्ट अहिले सेवा निवृत्त भएका छन्। समितिले कैलालीका सबै स्थानीय तहको सीमाना विवादको तथ्यांक मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र जिल्ला समन्वय समितिलाई गत बैशाखमा बुझाएको थियो।

समितिले सीमानामा देखिएको विवाद, स्थानीय तहले गरेको नदी तथा प्राकृतिक सम्पदाको दोहोन, स्थानीय तहले निर्माण गरेको मापदण्ड लगायतका बिषयमा अध्ययन गरेको थियो। प्राकृतिक स्रोतमा भइरहेको दोहोनका विषयले पनि प्रतिवेदनमा स्थान पाएको छ। वन, नापी, समन्वय समिति, मुख्यमन्त्री कार्यालय लगायतका कार्यालयका एक-एक जना छानविन समितिको सदस्य रहेको संयोजक उप–सचिव मानसिंह विष्टले बताए।

 विवाद समाधानको प्रकृयाको सुरुवात नभएका बेला प्रतिवेदनमा राखिएका विषय सार्वजनिक समेत गरिएको छैन्। धनगढी उप–महानगरपालिकाको मोहना र शिवगंगा नदीमा सिमाना विवाद देखिएको छ। मोहनामा गोदावरी र कृष्णपुर नगरपालिका तथा शिवगंगामा गौरीगंगा नगरपालिकासंग सिमाना विवाद देखिएको हो।

गोदावरी र गौरीगंगा नगरपालिकाको चुरे गाँउपालिका संग, मोहन्याल गाँउपालिकाको गौरीगंगा, घोडाघोडी र लम्कीचुहा नगरपालिकासंग सीमाना विवाद छ। लम्कीचुहा नगरपालिकाको टीकापुर नगरपालिकासंग कर्णाली नदी क्षेत्रमा सीमाना विवाद छ।

कैलालीका अन्य दक्षिणी क्षेत्रका स्थानीय तहहरु विच पनि समन्वय समितिले सीमाना विवाद समाधान गर्न नसक्ने भएपछि प्रदेश सरकारलाई समाधानका लागि आग्रह गरेका हौ। उनले भने,‘विवाद समाधानका लागि कुनै पहल भएको छैन्। प्रदेश सरकारले प्रतिवेदनको बिषयमा पनि मलाई जानकारी छैन्। नदीको सीमाना विवाद समाधान नभएकाले ठेक्का प्रक्रियामा पनि कठिनाई भएको गुनासो स्थानीय तहहरुको छ।’

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस