सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा नगद २ लाख सहित पाँच जना जुवाडे पक्राउ

२०७६ असोज ६, १२:१८ खबर संवाददाता

जिल्ला प्रहरी कार्यालय बझाङले गयराती पाँच जना जुवाडे पक्राउ गरेको छ। जिल्लाको सदरमुकाम चैनपुरबाट जुवा खेल्दै गरेको अवस्थामा नगद २ लाख १९ हजार सहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक गणेश बमले बताए। 

पक्राउ पर्नेमा सुर्मा गाँउपालिका वडा नम्बर १ का ४० बर्षिया मान बहादुर बोहरा, वडा नम्बर २ का ३८ बर्षिया शेर बहादुर बोहरा, हुम्ला जिल्ला सिमिकोट गाँउपालीका ३ का ३९ बर्षिया फन्जुङ लामा रहेको बमले बताए।

यस्तै जयपृथ्वी नगरपालिका वडा नम्बर ८ का ४० बर्षिया मंगल बोहरा, सुर्मा गाउँपालीका १ का २८ बर्र्षिय देवचन्द बोहरालाई प्रहरीले पक्राउ गरेको हो। 

कमेन्ट लोड गर्नुस