सुदूर नेपाललाई विश्वसँग जोड्दै

टीकापुर घटनाको मुद्दा खारेज गर्ने सैद्धान्तिक सहमति भएको प्रचण्डको दावी

२०७६ असोज ५, ०६:१५

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टीकापुर घटनालाई लिएर हालिएको मुद्दा खारेज गर्ने सैद्धान्तिक सहमति भइसकेको बताएका छन्। सुनसरीमा आइतबार आयोजित जितिया महोत्सवलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।

उनले टीकापुर घटनामा दोषी ठहर भई जेलमा रहेका सांसद रेशम चौधरी छुट्ने संकेत दिएका छन्। उनले भने, ‘अस्ती भर्खर हामीले बालुवाटारमा छलफल गरेर सबै झुटा मुद्धा खारेज गर्नुपर्छ भन्ने सैद्धान्तिक निर्णयसहित खारेजीको प्रक्रिया अगाडि बढेको छ।

मलाई विश्वास छ केही समयपछि झुटा मुद्दाहरु खारेज हुन्छन् र बन्दी अवस्थामा रहेका थारुहरु केही समयपछि मुक्त हुन्छन्।’ उनले जनताको मतबाट जितेका माननीयहरुलाई ससम्मान ल्याउने वातावरण बन्ने समेत बताए। 
 

कमेन्ट लोड गर्नुस