सुदूर नेपाललाई विश्वसँग जोड्दै

झुलाघाट पक्की पुल निर्माण : अनसनको १५ औँ दिन, ३२ जनाद्धारा ऐक्यबद्धता

२०७६ असोज ५, ०३:४९ खबर संवाददाता

बैतडीको झुलाघाटमा मोटरेवल पुल निर्माण माग गर्दै सुरु भएको अनिश्चितकालीन अनसन जारी रहेको छ। बैतडीलाई भारतसंग जोड्न झुलाघाटमा मोटरेवल पुल निर्माणको माग गर्दै जिल्ला प्रशासन कार्यालय अगाडी रिले अनशनमा स्थानीयको ऐक्यवद्धता बढ्दै गएको छ। रिले अनसनको १५ औँ दिन आज पनि ३२ जनाले ऐक्यवद्धता जनाएका छन्।

पुल निर्माण संघर्ष समितिका संयोजक एवं बैतडी उद्योग वाणिज्य संघका अध्यक्ष नर बहादुर चन्दले १५ औँ दिन आज ३२ जनाले ऐक्यवद्धता जनाउँदै रिले अनसन बसेको जानकारी दिए। चन्दले जिल्लाका विभिन्न स्थानबाट अनसन स्थल जिल्ला प्रशासन कार्यालय पुगेर अनसन बस्दै ऐक्यवद्धता जनाएको बताए।

यसरी आजको रिले अनसनमा ऐक्यवद्धता जनाउनेमा बैतडीका व्यवसायीहरु दिपेश शाह, नन्दराज बोगटी, महेश जोशी रहेका छन्। यस्तै शाहिलेकका स्थानीय अम्बिका भण्डारी, दमन्ती भण्डारी, सिलना भण्डारी, पुष्पा बोहोरा, लक्ष्मी थापा, मधु गुरुङ, प्रेमकला राना, लीला भण्डारी, पार्वती टमटा, पार्वती ठगुन्ना, दशरथचन्द नगरपालिका वडा नम्बर ४ की सीता नाथ, वडा नम्बर ५ की बिस्ना चन्दले पनि झुलाघाटमा पक्की पुल निर्माणको माग गर्दै रिले अनसनमा सहभागिता जनाएका छन्।

यसैगरी शाहिलेककी विमला बोहोरा, दशरथचन्द नगरपालिका ४ का मुनी वड, नेपाली कांग्रेसका नेता पुरन चन्द्र लेखक, शाहिलेककै पुष्पा भण्डारी, गोठलापानीकी नन्दा पाल , मतबाडकी नन्दा ठगुन्ना, टकौराकी दुर्गा ठगुन्ना, छेलाकी जयन्ती बोगटी, शाहिलेककै अम्बिका भण्डारी, टकौराकी कलावती ठगुन्ना, शाहिलेककी सुष्मा गहतराज, डुमरीकी जानकी बोगटी, छेलाकी गंगा ठगुन्ना, शाहिलेककी राधा भण्डारी र पशुपती भण्डारीले पनि रिले अनसनमा सहभागिता जनाएकी छन्।

नेपाल भारत सीमा नाका अन्तरगत बैतडीको झुलाघाटमा पक्की पुल निर्माण माग गर्दै दुई दशकदेखि शान्पिूर्ण रुपमा जिल्लाबासीले दिदै आएको दबाबले कुनै सीप नचलेपछि गत २२ गतेदेखि जिल्ला प्रशासन कार्यालय अगाडी रिले अनसन सुरु गरिएको छ। पुल निर्माणको माग पूरा नहुँदा सम्म अनसन जारी राख्ने चेतावनी दिईएको छ। तर सरकारले माग सम्बोधनका विषयमा अहिले सम्म कुनै तदारुकता देखाएको छैन्। 
   
 

कमेन्ट लोड गर्नुस