बाजुराको स्याउ अव धनगढी र काठमाडौँका बजारमा
बाजुरामा उत्पादन भएको स्याउ बिक्रीका लागि काठमाडौँ पठाउने तयारी भएको छ। एक सय क्वीन्टल स्याउ काठमाडौँ पठाउने र ६० क्वीन्टल स्याउ धनगढी ल्याउने तयारी भएको हो। कृषि ज्ञान केन्द्र बाजुराले अनुदानमा ढुवानी गरिदिएपछि जिल्लामा उत्पादन भएको स्याउ काठमाडौँ पठाउने र धनगढी ल्याउने तयारी भएको हो।
‘अहिले खच्चड मार्फत स्याउ ढुवानी गर्दै जिल्लाको स्वामिकार्तिक गाउँपालिकाको तिलिचौरमा संकलन गरिरहेका छौ,’ कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख गोविन्द सिजापतीले भने, ‘८ गते भित्र स्याउन धनगढी पुगाउने तयारी छ, त्यस्को केही दिनमा काठमाडौँमा बाजुराको स्याउ पुग्ने छ।’
स्याउ बारीमै कुहिने अबस्था आएपछि तिलिचौर सम्म ढुवानीमा अनुदान दिएको उनले बताए। किसानहरुबाट ए ग्रेडका स्याउ प्रतिकिलो २५, वि ग्रेडका स्याउ प्रति किलो २० र सि ग्रेडका स्याउ प्रति किलो १५ मा खरिद गरिएको उनले जानकारी दिए। धनगढीमा प्रतिकिलो ७५ र काठमाडौँमा प्रतिकिलो ८५ मा स्याउ विक्री गर्ने तयारी रहेको छ।
स्वामिकार्तिक खापर गाँउपालिकाको जुकोटमा मात्र दुई सय भन्दा बढि परिवारले स्याउ खेती गर्दै आएका छन्। कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाको उत्तरी क्षेत्रमा यो बर्ष स्याउ उत्पादनमा बृद्धि भएको छ। स्याउको मुख्य भण्डारका रुपमा चिनिदै आएका जिल्लाका पाण्डुसैन्, कोल्टी, जुकोट, जगन्नाथ, कोटिला, लगायतका क्षेत्रमा स्याउको उत्पादन बढेको हो।
कृषि ज्ञान केन्द्र बाजुराको तथ्याङ्क अनुसार जिल्लामा दुई सय ३० हेक्टर क्षेत्रफलमा स्याउ खेती भएको छ। बाजुरामा मात्र एक हजार ५० मेट्रिकटन स्याउ उत्पादन भएको कृषि प्रसार अधिकृत मिन प्रसाद जैशीले वताए।
बाजुरामा स्याउँको मूल्य प्रतिकिलो १५ रुपैँया, विक्री नहुँदा बारीमै खेर जाँदै