सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा स्याउँको मूल्य प्रतिकिलो १५ रुपैँया, विक्री नहुँदा बारीमै खेर जाँदै

२०७६ भदौ १९, ०५:०७ प्रकाश सिंह

बाजुरा सदरमुकाम मार्तडीमा स्याउ प्रतिकिलो एक सय ४० भन्दा बढि मुल्य छ। तर गाँउमा भने प्रतिकिलो १५ रुपैयामै स्याउ पाईन्छ। जिल्लामै स्याउ भण्डारका रुपमा चिनिने स्वामिकार्तिक गाउँपालिकामाले किलोको १५ रुपैया मुल्य निर्धारण गरेको छ। स्थानिय शिक्षक गोविन्द बहादुर शाहीका अनुसार स्याउ फलेपनि बजारीकरणमा समस्या छ। बारिमा कुहिने अबस्था भएकोले प्रतिकिलो १५ रुपैँयाका दरले स्याउँ विक्री गर्नुपर्ने बाध्यता रहेको उनले बताए।  

गाउँपालिकाले प्रतिकिलो १५ रुपैँया निर्धारण गरेपनि दानाको एक रुपैँया समेत पाउने अवस्था नरहेको किसानहरुको गुनासो छ। बजुराको जुकोटमा मात्र दुई सय भन्दा बढि परिवारले स्याउँ खेती गर्दै आएको भएपनि बजार नपाँउदा खेर जान गरेको जुकोटका उत्तम शाहीले बताए। गाउँपालिका अध्यक्ष चिरिञ्जीबि शाहिले बजार सम्म स्याउ पुगाउनका लागि सडक नहुँदा समस्या भएको स्विकार गरे। उनका अनुसार जिल्लाको उत्तरी क्षेत्रमा यो बर्ष स्याउ उत्पादनमा बृद्धि भएको छ। जिल्लाका पाण्डुसैन्, कोल्टी, जुकोट, जगग्ननाथ, कोटीला लगायतका स्थानमा स्याउँ खेती हुँदै आएको छ। 

किसानहरुका स्याउ बारिमै कुहिने अबस्थामा भएपछि कृषि ज्ञान केन्द्र बाजुराले ६ सय क्वीन्टल ढुवानी अनुदानका लागि सुचना प्रकाशित गरेको छ। बारीबाट बजार सम्म ढुवानी गराईदिने र बिक्रि किसान आफै गर्ने गरि स्याउ ढुवानी हुन लागेको ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत मिन प्रसाद जैशीले बताए। कृषि ज्ञान केन्द्र बाजुराको तथ्याङ्क अनुसार जिल्लामा दुई सय ३० हेक्टर क्षेत्रफलमा स्याउ खेती भएको छ। बाजुरामा मात्र एक हजार ५० मेट्रिकटन स्याउँ उत्पादन भएको कृषि प्रसार अधिकृत जैशीले बताए। 
 

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस