सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा खडेरीले बाली सुक्यो

२०७६ असोज ४, ०६:३९ प्रकाश सिंह

खडेरीका कारण बाजुरामा बाली सुक्न थालेको छ। जिल्लाको उत्तरी क्षेत्रका स्वामिकार्तिक, जगन्नाथ, हिमाली गाउँपालिका र बुढिनन्दा नगरपालिकाका अधिकासं क्षेत्रमा पाक्न लागेको बाली खेतमै सुक्न लागेको हो। स्वामीकार्तिक खापर गाँउपालिका ४ वाई गाउँका ४ सय परिवारको पाक्नै लागेको अन्नबाली खडेरीका कारण सुक्न थालेको छ।

लगाएको मकै, धान र तरकारी सुक्न थालेपछि किसानहरु चिन्तित बनेका छन्। खेतमा लगाएको धान, मकै, र जनालो लगायतका बाली सुक्दै आएको स्थानिय नर्मदा जैशीले वताईन्। वाई गाँउमा ४ सय परिवारको वाई जिउलो खेती योग्य जमिन ५ बर्षदेखि पुरै बाँझो रहेको थियो।

तर यस बर्ष अलीअली पानी परेका कारण खेती गरिएको थियो। भदौदेखि पानी नपरेपछि बाली सुक्न थालेको स्थानीय नबिन गिरीले बताए। खडेरीका कारण जिल्लाको उत्पादन क्षेत्रका रुपमा चिनिने हिमाली गाउँपालिको धिम, फैती, बोर्ता, स्वामिकार्तिक गाउँपालिको वाई, साप्पाटा, जुकोट गाउँमा रहेका जग्गामा खेती खेर गईरहेको शिक्षक मानबहादुर रोकायाले बताए।

बुढिनन्दा नगरपालिका कृषि शाखाका प्रमुख घमण्ड भारतीका अनुसार बाजुराको उत्तरी क्षेत्रमा लामो समयको खडेरी कारण अन्नवाली उत्पादनमा निकै गिरावट आउने बताए। 

 

याे पनि 

बाजुरामा खडेरीले खेतीयोग्य जमिन बाँझै

 

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस