सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा क्यान्सरबाट बुबाको मृत्यु र आमा अन्तै हिडेपछि ६ बालिकाको विचल्ली

२०७६ असोज ४, ०३:५५ खबर संवाददाता

बैतडीमा क्यान्सर पीडित बुबाको मृत्यु भएपछि ६ बालिकाको विचल्ली भएको छ। जिल्लाको दशरथ चन्द नगरपालिका वडा नम्बर १० को सत्पालीमा क्यान्सर पीडित बुबाको मृत्यु र आमा अर्कैसंग हिडेपछि ६ बालिकाको विचल्ली भएको हो। आठ महिना अगाडी सत्पालीका राजुराम लावडको क्यान्सरबाट मृत्यु भएपछि छोरीहरु विचल्लीमा परेका हुन्।

स्थानीय माधवी भट्टले लावड क्यान्सर पीडित भएकै बेला अढाई वर्ष अगाडी श्रीमती परिवार छोडेर अन्तै हिडेको र उनको मृत्यु भएपछि चारदेखि १४ वर्षका ६ छोरीको विचल्ली भएको बताईन्। उनले बुबाको मृत्यु भएपछि १४ वर्षीया लिलम लावड उनकी चार, छ, आठ, ११ र १२ वर्षीया बहिनीहरु विचल्लीमा परेको बताईन्।

‘आमा परिवारलाई छोडेर गएपछि बुबाको सहारामा उनीहरु थिए, तर कहिल्यै नफर्किने गरी आठ महिना अघि बुबाले पनि छोडेर गएपछि विचल्ली भएको छ।’ स्थानीय र विभिन्न संघसंस्थाले आर्थिक सहयोग गरेपछि साँझ बिहानको छाक टारिरहेको भएपनि उनीहरुको उद्दार हुन नसकेको भट्टले बताईन्।

‘छोरी मान्छे, उमेर पनि बढ्दै गएको छ, समय ठिक छैन्, भट्टले भनिन् घर पनि गाउँमा नभएर एक्लो ठाउँमा छ कति बेला के हुने हो भन्ने चिन्ता लागिरहन्छ।’ उनीहरुलाई आश्रयको खाँचो रहेको छ। तर अहिले सम्म कुनै संघसंस्थाले पालन पोषणको जिम्मा लिएको छैन्। अहिले लावडकी जेठी छोरीले नै अन्य बहिनीहरुको पनि हेरचाह गर्दै आएकी छन्। बुबाको मृत्यु भएपनि आमाको भने कुनै अत्तोपत्तो नभएको स्थानीयले बताउँदै आएका छन्।

 

कमेन्ट लोड गर्नुस