सुदूर नेपाललाई विश्वसँग जोड्दै

ज्याला नदिएपछि बैतडीको पुर्चौडीमा विद्युतीकरणको काम ठप्प

२०७६ असोज ४, ०१:५२ कमल सावद

एक वर्षदेखि ठेकेदारले कामदारलाई ज्याला नदिएपछि बैतडीको पुर्चौडीमा विद्युत लाईन विस्तारको काम ठप्प भएको खुलेको छ। पुर्चौडी नगरपालिकाको वडा नम्बर १, २ र ३ मा विद्युत लाईन विस्तारको गर्ने जिम्मा पाएको रेणु कन्सट्रक्सनले एक वर्षको ज्याला नदेखिएको गुनासो गरिएको छ। ज्याला नपाउँदा बिहान बेलुकाको छाक टार्नै समस्या भएको गुनासो पनि गरिएको छ तर निर्माण व्यवसायीले भने कामदारहरुले ज्याला नपाएको कारण विद्युत लाईन विस्तारको काम नरोकिएको दावी गरेको छ। 

चार करोड ६५ लाखमा पुर्चौडी नगरपालिका क्षेत्रमा विद्युतीकरणको जिम्मा पाएको रेणु कन्ट्रक्सनले ३५ जना कामदारहरुलाई १२ महिनाको ज्याला नदिएपछि काम ठप्प पारिएको छ। उनीहरुले एक वर्षको झण्डै १० लाख बराबरको ज्याला नपाउँदा काम ठप्प विद्युत लाईन विस्तारको काम गरिरहेका कामदार प्रकाश बोहराले बताए। 
एक सय ५० किलोमिटर विद्युत लाईन विस्तारको काम कम्पनीले गर्नुपर्ने हो। लाईन विस्तारको क्षेत्र अहिले बृद्धि भएको छ। तर काम आधा पनि सकिएको छैन्। १८ महिनाको निर्माण सम्झौता गरेको रेणु कन्सट्रक्सनले ३६ महिना हुदाँ पनि विद्युतीकरणका काम पूर्ण नगरेको भन्दै उपभोक्ता आक्रोशित छन। तर कामदारहरुले १२ महिनाको ज्याला नदिएमा काममा नफर्किने  बताएका छन्। 

पुर्चौडी नगरपालिका क्षेत्रमा २०७३ साउनमा रेणु कन्ट्रक्सनले एक सय ५० किलोमिटर विद्युतको नयाँ लाईन विस्तारका लागि नेपाल विद्युत प्राधिकरणसंग १८ महिनाको निर्माण सम्झौता गरेको थियो। विद्युत लाईन विस्तारको काम रोखिएपछि नगरवासीहरु अहिले चिन्तित छन्। जयदुर्गे ग्रामीण विद्युत सहकारीले उपभोक्ताबाट संकलन गरेको चार करोड ६५ लाखमा निर्माण सम्झौता गरिएको थियो। तर अहिले सम्म विजुली बाल्ने सपना पुरा भएको छैन्। सुरुका १६ महिना काम नै नगरेको कन्ट्रक्सनले पुनः म्याद थपेको थियो। अहिले पुनः काम पूर्ण रुपमा ठप्प छ। तर रेणु कन्सट्रक्सनका ईन्जिनियर प्रमोद भट्टले काम नरोकिएको बताए। कामदारलाई ज्याला नदिएर काम नरोकिएको उनले बताए। 

शेयर सदस्यबाट दुई हजार सात सय १५ र साधारण सदस्यबाट दुई हजार दुई सय १५ रुपैँया विद्युत सहकारीले संकलन गरेको थियो। एक हजार तीन सय विद्युत पोलमा लाईन विस्तारका लागि विद्युत सहकारीले रकम संकलन गरेको हो। विद्युत सरकारीले पनि विद्युत मिटर खरिद गर्न बाँकी रहेको जयदुर्गे विद्युत सहकारी तथा पुर्चौडी नगरपालिका वडा नम्बर २ का अध्यक्ष चक्रबहादुर बमले बताए। उनले सहकारीसंग पनि विद्युत मिटर खरिदका लागि रकम नभएको बताए। 

बैतडीको पुर्चौडीमा सहकारीले रकम संकलन गरेको तीन वर्ष सम्म विजुली बलेन

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस