सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको पुर्चौडीमा सहकारीले रकम संकलन गरेको तीन वर्ष सम्म विजुली बलेन

२०७६ भदौ २६, ०३:२७ कमल सावद

सुदूरपश्चिमका गाउँवस्तीमा बिजुली बाल्ने सपना देखाएर घर–घरबाट रकम संकलन गर्दै ठगी गर्ने सहकारीहरु सक्रिय भएका छन्। कैलालीमा घोडाघोडी विद्युत सहकारीले बर्षाैदेखि उपभोक्तालाई ठग्दै आएकोमा बैतडीको पुर्चौडी नगरपालिकामा पनि विद्युत सहकारीले बिजुली बाल्ने सपना देखाउँदै ठगी गरेको देखिएको छ। तीन बर्ष अगाडी विजुली बाल्ने सपना देखाउँदै रकम संघलन गरिएकोमा अहिले सम्म विद्युतीकरणको कार्य पुरा भएको छैन्।

चार करोड ६५ लाखमा २०७३ साउनमा विद्युतीकरणका लागि रेणु कन्ट्रक्सनसंग निर्माण सम्झौता भएको थियो। तर विद्युतीकरणको काम सकिएको छैन्। पुर्चौडी नगरपालिकामा २०७३ साउनमा रेणु कन्ट्रक्सनले एक सय ५० किलोमिटर विद्युतको नयाँ लाईन विस्तारका लागि नेपाल विद्युत प्राधिकरणसंग १८ महिनाको निर्माण सम्झौता गरेको थियो। सम्झौता भएको तीन वर्ष भएको छ। तर काम आधा पनि भएको छैन्।

अहिले विद्युत लाईन विस्तारको काम ठप्प छ। निर्माण कम्पनीले कामदारलाई पारिश्रमीक नदिएपछि काम रोकिएको बताइएको छ। १८ महिनामा निर्माणको काम सक्ने सम्झौता गरेको निर्माण कम्पनीले ३६ महिना हुदाँ पनि काम नसकेपछि उपभोक्ता ससंकित भएका छन्। पुर्चौडी नगरपालिकाका स्थानीय लोकेन्द्र धामले लामो समयदेखि विद्युतीकरणको काम रोकिएको बताए।

विद्युत लाईन विस्तारको काम रोखिएपछि नगरवासीहरु अहिले चिन्तित छन्। जयदुर्गे ग्रामीण विद्युत सहकारीले उपभोक्ताबाट संकलन गरेको चार करोड ६५ लाखमा निर्माण सम्झौता गरिएको थियो तर अहिले सम्म विजुली बाल्ने सपना पुरा भएको छैन्। सुरुका १६ महिना काम नै नगरेको कन्ट्रक्सनले पुनः म्याद थपेको थियो। अहिले पुनः काम पूर्ण रुपमा ठप्प छ।

जयदुर्गे ग्रामीण विद्युत सहकारी संस्थाका अध्यक्ष चत्रबहादुर बमले रेणु कन्ट्रक्सनले काम रोकेको बताए। शेयर सदस्यबाट दुई हजार सात सय १५ र साधारण सदस्यबाट दुई हजार दुई सय १५ रुपैँया विद्युत सहकारीले संकलन गरेको थियो। एक हजार तीन सय विद्युत पोलमा लाईन विस्तारका लागि विद्युत सहकारीले रकम संकलन गरेको हो।

विद्युत सहकारीका कारण बिजुली नबलेको आरोप निर्माण कम्पनीको छ। रेणु कन्ट्रक्सनका सञ्चालक पर्वत महासेठले विद्युत सहकारीका कारण काम रोकिएको बताए। बैतडीको पुर्चौडी नगरपालिकाको हाटमा लघु जलविद्युत आयोजनाबाट बिजुली बालिएको छ। अन्य क्षेत्रमा भने बिजुली छैन्।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस