सुदूर नेपाललाई विश्वसँग जोड्दै

भाग २: जैविक खेती सिक्किमको पहिचान

२०७६ असोज ४, १२:४८ आरजु

छिमेकी देश भारतको उत्तरपुर्वी राज्य सिक्किमको जैविक खेती पनि हो। सिक्किम सरकारले जैविक खेतीलाई पहिलो प्राथमिकता दिएपछि अहिले त्यसैबाट पहिचान नै बनेको छ। सिक्किका कृषकले जैविक खेती र जैविक प्रविधिमा कृषि उपजको उत्पादन गर्दै आएका छन्। सिक्किमका किसान तरकारीमा विषादीको प्रयोग गर्न पाउँदैन्। सिक्किम आउने पर्यटकका लागि पनि अहिले पहिलो रोजाई जैविक खेती भएको छ।

भारतको अन्य प्रदेशबाट आउने विषादीयुक्त तरकारी सिक्किममा आयात बन्द गरिएको छ। सिक्किमका कृषकलाई कृषि व्यवस्थामा बागवानी र पशु विकासमा सरकारले ठुलो अनुदानका कार्यक्रम सञ्चालन गरेको छ। जैविक उत्पादनको मात्र प्रयोग गर्न सिक्किम सरकारले नागरिकलाई आह्वान गर्दै आएको छ। सिक्किमको उत्पादन नेपाली बजारमा पनि आउने गरेको छ। सिक्किम संयुक्त राष्ट्र सङ्घ (यूएनओ)(को खाद्य तथा कृषि सङ्गठन (एफएओ) बाट दिइने फ्युचर पोलिसी अवार्ड बाट समेत सम्मानित भईसकेको छ। हिमाली राज्य सिक्किमले यो पुरस्कार सबैभन्दा महत्वाकांक्षी नीति मानिएको सिक्किम जैविक मिशनले प्राप्त गरेको हो।

एफएओद्वारा हेमबर्गमा जारी प्रेस विज्ञप्तिमा बताए अनुसार दीर्घम्यादी कृषिका लागि सिक्किमको जैविक मिशन नीति आज विश्वकै सर्वश्रेष्ठ नीतिको रूपमा प्रतिष्ठित बनेको छ। सिक्किमको जैविक अभियानले जैविक उत्पादलाई बढ़ावा दिनका साथै आम नागरिकलाई दीर्घम्यादी खाद्य प्रणालीबाट लाभान्वित बनाएको विज्ञप्तिमा थप बताएको छ। विज्ञप्तिका अनुसार यसले सिक्किमको सामाजिक आर्थिक विकाससँगसँगै खाद्य उत्पादको खपत र बजार विस्तार, सांस्कृतिक पक्ष तथा स्वास्थ्य, शिक्षा, ग्रामीण विकास र दिगो पर्यटनमा ठूलो टेवा पुर्याइएको छ।

यो पनि हेर्नुहोस् - भाग १ सिक्किम

कमेन्ट लोड गर्नुस