सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा मोटरसाईकल र जीप एकआपसमा ठोक्किदा दुई जना घाइते

२०७६ असोज ३, ०६:२७ खबर संवाददाता

अछाममा मोटरसाईकल र जीप एकआपसमा ठोक्किदा दुई जना घाइते भएका छन्। जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर ३ स्थित साँफे हाट बजारबाट एयरपोर्ट बजार तर्फ गईरहेको से ७ प १७१४ नम्बरको जीप र विपरित दिशाबाट आइरहेको से ५ प ६६७७ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा टोटासाल नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परि साँफेबगर नगरपालिका वडा नम्बर ४ का मोटरसाईकल चालक २६ वर्षीय लोकजन बोगटी र जीप चालक सोही ठाउँका सुवाश कुँवर घाइते भएको अछाम प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय अछाम मातहत प्रहरी चौकी साँफेबजार अछामबाट प्रहरी सहायक निरिक्षक मानसिंह ठगुन्नाको कमाण्डमा ट्राफिक प्रहरी सहित ४ जनाको प्रहरी टोली सो दुर्घटनास्थलमा खटिएको थियो। घाइते दुबैलाई उपचारको लागि न्याय हेल्थ अस्पताल बयलपाटा अछाम पठाएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

कमेन्ट लोड गर्नुस