सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकारले २० मेट्रिक टन चिनी आयात गर्दै

२०७६ असोज ३, ०६:११ खबर संवाददाता

सरकारले २० मेट्रिक टन चिनी आयात गर्ने भएको छ। मुख्य चाडवाडमा अभाव सिर्जना हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ्गलाई उक्त परिमाणमा चीनी खरिद गर्न मन्त्रीपरिषदले अनुमति दिएको हो।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले १० हजार र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले १० हजार मेट्रिक टन चिनी ५० प्रतिशत भन्सार महसुल छुट गरी आयात गर्नेगरी स्वीकृति दिइएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले बताए।

चाडपर्वको समयमा व्यापारीले चिनीको कृत्रिम अभाव देखाइ मूल्यवृद्धि गर्नसक्ने भएकाले सरकारले बजारमा हस्तक्षेप गर्न चिनी आयात गर्न लागेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका महानिर्देशक योगेन्द्र गौचनले बताए। मन्त्रीपरिषदले स्वीकृति प्रदान गरेकाले चाँडै नै बोलपत्र निकालेर चिनी खरिद प्रक्रिया थालिने उनको भनाइ छ।

यस्तै मन्त्रीपरिषद् बैठकले नेपाल–भारत व्यापार सन्धि २००९ को पुनरावलोकनका लागि बार्ता टोली गठन गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको नेतृत्वमा नौ सदस्यीय वार्ता टोली गठन गरेको हो।
 

कमेन्ट लोड गर्नुस