सुदूर नेपाललाई विश्वसँग जोड्दै

संविधान समय र मागअनुसार संशोधन गर्नुपर्छ : डा. भट्टराई

२०७६ असोज २, ०७:४३ खबर संवाददाता

समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले संविधान समय र मागअनुसार संशोधन गरिनुपर्ने बताएका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा उनले संविधानमा सबैको स्वीकार्य हुन नसके जनताको असन्तुष्टिले विद्रोहको रुप लियो भने ठूलो दुर्घटना हुन सक्ने भन्दै संशोधनको मुद्दालाई छोड्न नहुने बताए। उनले संविधान भनेको विद्यमान आर्थिक, राजननिति, सामाजिक शक्ति सन्तुलनको दस्तावेज भएकाले समय र समाज परिर्वतन संगै परिर्वतन हुदै जानुपर्ने बताए।

लोक सेवा आयोगको विज्ञापनमा पनि संविधानको कार्यान्वनय हुन नसकेको भन्दै संविधानको व्यवस्था कार्यान्वयन गर्न नसक्दा सबैको स्वामित्व र अपनत्व कायम हुन नसक्ने बताए। शासकीय र निर्वाचन प्रणालीबीच अन्तरविरोध रहेकाले त्यसलाई सुधार गर्नुपर्ने आवश्यकता औँल्याउँदै ठूला–ठूला भ्रष्टाचार नियन्त्रणका लागि खर्चिलो निर्वाचन प्रणालीको अन्त्य गर्नुपर्नेमा जोड दिए।

नेपालको भूराजनीतिक अत्यन्तै संवेदनशील रहेकाले सही नीति अबलम्बन गर्न नसके अफगानिस्तान जस्तो द्वन्द्वमा फस्न सक्ने बताए। उनले अमेरिकाको इण्डो प्यासिफिक, चीनको बीआरआई र भारतको हिमालयन फ्रन्टियर पोलिसीलाई ठिक ढंगले बुझेर सही व्यवस्थापन गर्नुपर्नेमा जोड दिए। नेपाल जस्तो सानो देशले भूराजनीति र सामरिक अवस्थितिलाई ध्यानमा राखेर गतिशील, शान्तिवाद र तटस्थतावादको नीति अनुसार यी मुख्य शक्तिसँग अलग अलग व्यवहार गर्नुपर्ने आवश्यकता औँल्याए।

कमेन्ट लोड गर्नुस