सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको मेलौली नगरपालिकाद्वारा तलव भत्तामा दुई करोड खर्च, चियामा ३० लाख स्वाहा

२०७६ असोज २, १२:२० खबर संवाददाता

बैतडीको मेलौली नगरपालिकाले कर्मचारी र जनप्रतिनिधिको पारिश्रमीक र भत्तामा मात्रै झण्डै दुई करोड खर्च गरेको छ। गत आर्थिक बर्ष २०७५÷०७६ मा नगरपालिकाकाले तलव भत्तामा मात्रै झण्डै दुई करोड खर्च गरेको हो। जनप्रतिनिधि र कर्मचारीको पारिश्रमीक, पोषाक भत्ता, महंगी भत्ता, बैठक भत्ता र पदाधिकारी भत्ता गरि झण्डै दुई करोड खर्च गरेको हो। 

मेलौली नगरपालिकाले चिया नास्तामा मात्रै ३० लाख रुपैँया खर्च गरेको छ। नगरपालिकाको गत बर्ष ११ करोड पुँजिगत बजेट रहेकोमा १० करोड बढि खर्च भएको छ। एक करोड ११ लाख खानेपानीका संरचना निर्माणमा खर्च गरेको छ तर नगरवासीले पानी हाहाकार भएको बताएका छन्। 

सडक र पुल निर्माण दुई करोड ७० लाख, भवन निर्माणमा दुई करोड खर्च गरेको छ। सडक निर्माण र सर्वेका लागि ठूलो बजेट खर्च भएपनि स्थानीयले अनियमितता भएको आरोप लगाएका छन्। सडकतर्फ डिपिआर भएका योजनाको समेत सर्वे गर्ने भन्दै प्राविधिकले नियम विपरित पेश्की लिएको समेत पाईएको छ।

वडा नम्बर ५ को लामालेक–खलगाड–तिताबै लगायतका ६ वटा ग्रामीण सडकमा प्राविधिकले नियम विपरित पेश्की लिएका हुन्। बजेटको दुरुपयोग गरेको भन्दै मेलौली नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा नगरबासीका धेरै गुनासो आएका थिए। तर, नगरबासीको गुनासो सुन्न सार्वजनिक कार्यक्रममा मेयरको समेत सहभागिता थिएन्। 

निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम बिष्टले उपमेयर राधा ओझाको अध्यक्षतामा सार्वजनिक सुनुवाई भएको र नागरिकहरुको सहभागिता भए पनि सबै जनप्रतिनिधि उपस्थित नहुँदा कार्यक्रम खासै प्रभाकारी बन्न नसकेको बताए। 

कमेन्ट लोड गर्नुस