सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा लागु औषध कारोबारमा संलग्न दुई जना पक्राउ

२०७६ असोज २, ११:१५

कैलालीमा लागु औषध कारोबारमा संलग्न दुई जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर २ मिलन चोकबाट दुई जनालाई पक्राउ गरिएको हो।

पैदल हिडिरहेको अवस्थामा धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बस्ने बर्ष १८ का निखिल बिष्ट र जिल्ला बैतडी दशरथचन्द नगरपालीका वडा नम्बर २ घर भई धनगढी उप–महानगरपालिका वडा नम्वर ३ बस्ने बर्ष १९ का राजेश भाटलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

शरिर खान तलासी गर्दा नाईट्रोभेट एक सय ४४ ट्याब्लेट र गाजा समेत फेला परेकोले उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए। 

 

 

 

कमेन्ट लोड गर्नुस