सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको गोदावरीमा पनि साझा पार्टीको डेंगु नियन्त्रण अभियान

२०७६ असोज १, ०५:४२

साझा पार्टी अभियान विभागले हिजोदेखी कैलालीको गोदावरीमा आयोजना गरेको डेंगु रोग सम्बन्धि जनचेतना मुलक कार्यक्रम आज पनि जारी रहेको छ। डेंगुबाट वचौ र बचाउ भन्ने मुल उद्येश्यका सुरु भएको कार्यक्रमको दोश्रो दिन आज गोदावरी नगरपालिका वडा नम्वर ४ को खैरना र बास्कोटामा सम्पन्न भएको छ।

पछिल्लो समय सुदुरपश्चिम प्रदेशका बिभिन्न जिल्लाहरुमा डेंगुको संक्रमणवाट विरामीको संख्या बढ्न थालेपछि साझा पार्टी अभियान विभाग सुदूरपश्चिम प्रदेश र अभियान बिभाग गोदावरी नगर कमिटिले संयुक्त रुपमा कार्यक्रमको आयोजना गर्दै आएका छन्। 

 

गोदावरी नगरपालिका भित्र रहेका बिभिन्न टोलका स्थानियहरुलाई डेंगु रोग र बच्न सकिने उपायका बारेमा जानकारी दिन थालिएको अभियान विभागका सुदुरपश्चिम संयोजक विनोद मल्लले बताए। सुदूरपश्चिम प्रदेशमा हाल सम्म एक सय चार जनामा स्क्रब टाईफस र ५० जनामा डेंगुको संक्रमण देखिएको छ। बाजुरा जिल्ला बाहेक सबै जिल्लामा डेंगु र अछाम र बाजुरा बाहेकका सबै जिल्लामा स्क्रब टाइफस देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

कमेन्ट लोड गर्नुस